20190922

नेपालमा कुन दिन फेरी हिँसा भडि्कन्छ थाहा छैन: रामप्रसाद खनाल

नेपाली जनता :: Nepali Janta: Nepali News Portal


This interview was Published in http://www.nepalijanta.com/?p=69796
रामप्रसाद खनालयो नाम नेपालीहरुका लागि कुनै नौलो नाम होइन  पत्रकारिताका पाठकहरुरेडियोकाश्रोताहरुटेलिभिजनका दर्शकहरुगीत संगीत सुन्ने हेर्ने श्रोता दर्शकहरुराम्रो वाकपटुता सुनेका श्रोतादर्शकहरुदेश बिदेशका शोहरुमा वान्स मोर भन्दै उठ्ने श्रोता दर्शकहरु सबैका मन मनमा छाइएका छन खनाल 
 नेपालमा बस्दा होस वा अमेरिका बस्दा होस खनाल सधैं नेपाली मन  पनका साथ प्रस्तुत हुन्छन,  छाडाअश्लिलताका बिरुध्द नराम्रो सँग घोँच्ने काँडा बनेर घोँच्दछन्  सबैलाई सबक सिकाउँछन् पनि  नेपालीफोहोरी राजनीतिबाट पुरै अलग देखिएका उनी आफुलाई नेपाली राजनीतिका लागि पूर्णतया अयोग्य  कामैनलाग्ने पात्र सम्झिन्छन   छल छामचाकडी चाप्लुसीब्यक्तिगत स्वार्थ नजान्नेअमेरिकामा सम्पन्न भएर बस्दापनि अमेरिकी बन्न नमान्ने खनालका हरेक मन्तब्यगीत संगीतसाहित्यकलापत्रकारिताका पाईलापाईलाहरुमा नेपाली मन  पन भेटिन्छ  अमेरिकी सरकारले गीतसंगीतसाहित्यकला  पत्रकारिता क्षेत्रकोअतिरिक्त प्रतिभावान ब्यक्तित्वका रुपमा Extra ordinary Ability EB-1 नामक अमेरिकी अति सम्मानितक्याटेगोरी अन्तर्गत ग्रीनकार्ड प्रदान गरेका खनाल नेपालमा जन्मिएका कुनै पनि नेपाली कहिलै पनि भुपु नेपालीनहुने  कुनै पनि नेपाली रहरले नभै बाध्यताले बिदेशिएका बताउँदै भन्छन – “मन्त्रिहरुले बिदेशमा भएकानेपालीलाई भुपु भनेर गाली गर्नुको साटो नेपालको राजनीति  सत्ता सँचालनमा राम्रो बातावरण बनाएरअबसरहरु दिएर हेर – सबै नेपाली नेपाल फर्किन्छन”  अन्तर्राष्ट्रिय कलाकार मँचअमेरिका  अन्तर्राष्ट्रियनेपाली साहित्य समाज वाशिङटन डिसी मेट्रो कमिटीका अध्यक्ष समेत रहेका उनी नेपालको बिशिस्ठ श्रेणीकालोक तथा दोहोरी गायक हुन  कलाकारपत्रकार पनि रहेका उनै खनालसँग लिइएको समसामयिक अन्तर्वार्तातल जस्ताको तस्तै प्रस्तुत  – सम्पादक )    
रामप्रसाद खनाल को हो ? के हो ? बताइदिनुस्  ?
  • आम नेपालीमध्येको एक जना, जो सामान्य मान्छे मात्र हो, मलाई त्यस्तो लाग्छ ।
 तर पत्रकारितागीतसंगीतकलाकारिता  साहित्य जता पनि तपाईनै तपाईं देखिनुहुन्छ  ?
  • यी मेरा पेशा हुन । तपाईंइहरु जस्ता शुभचिन्तक, दर्शक श्रोताहरु, पाठकहरुलेनै मलाई यो ठाउँमा ल्याउन भूमिका खेल्नु भयो र म यहाँ छु । मलाई मेरा दर्शक, श्रोता र पाठक नै मेरो भाग्य बिधाता हुन जस्तो लाग्छ । मेरो सफलतामा तपाईंहरु सबैको अहम भूमीका रहेको छ ।
एउटै व्यक्तिको पछाडि पत्रकारगायककारसाहित्यकारकलाकार यति धेरै कार जोडीएकाछन्   यो कसरीसम्भव भयो बताइदिनुस  ?
  • करिव तीन दशक पत्रकारिता गरियो, रेडियो, टेलिभिजन, छापा पत्रकारिता, अनलाइन पत्रकारिता, राष्ट्रिय एबम अन्तर्राष्ट्रिय मिडियाहरुमा रहेर पत्रकारिता गरेकोलेनै भैएकोले होला पत्रकार, सानै उमेर देखि गीत लेखन, गायन, संगीत र अभिनयमा लागियो, अनि भइयो होला  गायककार, कलाकार र कविता, गजल, मुक्तक र साहित्यका क्षेत्रमा कलम चल्ने भएर होला यहाँहरुले  मलाई साहित्यकारका रुपमा पनि  देख्नु र चिनिदिनु भएको । गरेरै सम्भब भएको होला र हुने रहेछ ।
 खासमा तपाईको रोजाईको पेशा कुन हो ?
  • सोँचे जस्तो हुन्न रहेछ जीवन । म पत्रकारिता, कलाकारिता, साहित्य र गीत संगीतको क्षेत्रमै आफ्नो करियर बनाएको मानिस हुँ तर, अमेरिका आएर विजनेशमा पनि लाग्नुपर्ने पर्ने अवस्था आयो । अहिले म सबै क्षेत्रमा उत्तिकै क्रियाशिल छु । पेशा रोजेर भन्दा पनि परिस्थिती र समय अनि अवस्था अनुसार हुने रहेछ । मेरा लागि अहिले मैले अँगालीरहेका सबै पेशा प्रिय छन, रोजाइका छन भन्नु पर्‍यो  तर लोक तथा दोहोरी गायक बन्दाको मज्जा बेग्लै र बढी सन्तोषअजनक हुन्छ । रोजाइमा पनि त्यही नै बढी पर्छ कि !
      गुल्मीको मान्छे बुटवल झर्नु भोबुटवलबाटकाठमाडौं  काठमाडौंबाट अमेरिका तिर लाग्नुभयोअमेरिका गएर पनि रामप्रसाद खनाललेगर्नु विधि गरेको अमेरिकामा पनि सफल भन्छन मान्छेहरु  कस्तो लाग्छ तपाईंलाई ?
  • हो म गुल्मी धरंपानी मैनडाँडा गाउँमा जन्मे, हाइस्कुल सम्मको अध्ययन पछी उच्चशिक्षा हासिल गर्न र जीवनको रेखा कोर्न बुटवल झरेँ  । बुटवलमा क्याप्पस पढ्दै जीवनको जोहो गर्दै, गीत संगीत, कलाकारिता, पत्रकारिता गर्दै काठमाडौं झरेँ, काठमाडौंबाट पनि अमेरिका तिर सरेँ  । यस्तै रहेछ जीवन चक्र । कहिले घाम कहिले पानी कहिले रात त कहिले विहानी । तर जहाँ रहँदा पनि कर्म गरेर खाईएको छ । नैतिकता, इमान, जमान र इज्जतका साथ अघि बढिएको छ । कसैको केहि खाइएको छैन । नराम्रो कुरामा कहिल्यै लागिएको छैन । कसैलाई मारिएको छैन, फलानो त छि भनेर नाक खुम्च्याउनु पर्ने पारीएको छैन । यसमा म गौरब गर्छु ।
 नेपालमा लोकगीतदोहोरी गीतको क्षेत्रमा  कायापलट नै गराइदिनु भयो  तपाईका चेलाअनुयायीहरु आजराष्ट्रिय स्तरका मात्र हैन अन्तराष्ट्रिय स्तरका गायक कलाकार बनेका छन्कस्तो अनुभुति हुन्छ ?
  • मुल्याङ्कन गर्ने जिम्मा तपाईंहरुको हो । हो, मैले लोकगीत, दोहोरीगीतको क्षेत्रमा मेरो वर्कतले भ्याएसम्म रोडियो नेपालमा रहँदा होस् वा नेपाल टेलिभिजनमा हुँदा होस् वा अहिले अमेरिकामै रहँदा होस्  धेरै खुन र पसीना सिंचेको छु । दर्शक र श्रोतका अगाडि घाम जस्तै र्छलङ्ग छ मैले राम्रो गरेँ या नराम्रो गरेँ । मैले गाउघरबाट टिपेर काठमाडौं ल्याएका भाई बहिनीहरु आज मेरै फोरम बाट उठेर राष्ट्रिय अर्न्तराष्ट्रिय स्तरका गायक, कलाकार बन्न सके, त्यसमा म ज्यादै खुशी छु । उनीहरुको सफलता मेरो आफ्नै सफलता जस्तो लाग्छ ।
 तपाईका चेलाचेलीहरुलाई ठाँउ वनाइदिर तपाई अमेरिका लाग्नु भयो किन नि ?
  • जिन्दगीका उतार चढावहरु यस्तै हुँदा रहेछन, आफुले सोचे जस्तो, चाहे जस्तो मात्र हुन्न रहेछ । भैरहवामा आतंककारीहरुको अपहरणमा परे पछि मेरो जीवनले नयाँ मोड लियो । म अरुलाई स्वदेश फर्क, स्वदेश मै केहि गर्नु पर्छ भन्ने, लेख्ने, गीत गाउने, प्रवचन दिने मान्छे म आफै अमेरिका आएर यहाँ नयाँ जीवन शरु गर्न वाध्य भएँ । कसैसँग कहिल्यै नझुकेको म आतंकबाद र आतंकवादीहरुबाट बाच्नका लागि आफुलाई सुरक्षित गर्न अमेरिकाको बाटो रोज्न बाध्य भएँ त्यो तितो र सत्य हो ।
 अब  पहिलाको जस्तो छैनकिन नेपाल फर्किनु हुन्न ?
  • पहिले जस्तो त छैन । ६ महिना अघि म नेपाल गएं , सबैतिर घुमें, हेरे तर अहिले पनि नेपाल पूर्ण रुपमा सहि बाटोमा छैन । अहिले पनि अराजकता हावी छन । मान्छेको जीउ ,ज्यानको भ्यालु देख्दिन तर पनि विस्तारै ठिक हुँदैजाला आशा गरौं । म ३/४ वर्षभित्रै नेपाल फर्किने गरी मैले आन्तरिक तयारीमा लागेको छु । दुई सन्तानको पीता पनि भएकोले मैले उनीहरुको जीवन र भबिष्यसंग खेलवाड गर्न मिल्दैन, उनीहरुलाई पढाउँदैछु । बिस्तारै उनीहरुलाई सेटल गराएर म नेपाल फर्किने हो ।  नेपालमै केहि गर्ने हो । त्यो दिन धेरै टाढा छैन ।
  , भने पछि तपाई सधैका लागि नेपाल फर्किदै हुनुहुन्छ ?
  • यता पुरै छाडेर सधैका लागि फर्किने भन्ने कुरा पनि सजिलो छैन । यहाँ बिजनेसहरु, छोराछोरी, परिवारजन यता भएकाले आउने जाने त पक्कै गर्नै पर्छ, तर नेपाल बसाई जति सकिन्छ बढाउने र अमेरिका बसाई जती सकिन्छ कम गर्ने, नेपाललाई नै कर्मभूमी बनाउने लक्ष्य छ, हेरौं परिस्थितीले कत्तिको साथ दिन्छ ।
 अमेरिकामा पनि नेपालमा झैँ त्यतिकै सक्रिय देखिनुहुन्छत्यहीं पनि सानो नेपाल बनाएर बस्नुभाछ भन्छननेपाल बाट अमेरिका जानेहरु  हर क्षेत्रका  नेपालबाट जो जान्छनधेरै जसो तपाईसंग पुगेको  तपाईकोत्यहाको प्रगति देखेर “रामप्रसाद खनाल गरिखाने मान्छे होजहाँ पुग्यो उहि तरक्की गर्छकहिँ कहिल्यै फेलभएको छैन” भन्दै फर्किन्छन कस्तो लाग्छ ? अमेरिका जाने धेरै जसो हाइ प्रोफाइल वालाहरु तपाईं सँगजान्छन बस्छननेताहरु त्यती देखिँदैनन् नि ?  
  • मैले के नै तरक्की गरेको छु र ! सामान्य गुजारा गर्दै आएको छु तर म कर्ममा विश्वास गर्छु। जहाँ गए पनि केही न केही त गर्नु पर्छ, गर्न सकिन्छ भन्ने, प्रयास गर्ने मान्छे हु । अमेरिका रहँदा पनि अहिले त्यही सत्कर्म गर्ने प्रयास गर्दैछु । खास त्यस्तो केही छैन । अरु नेपालीहरु झैँ जिबिकोपार्जन गर्ने बाहेक अरु के नै त्यस्तो छ र मेरो । अरु त तपाईहरुले मूल्यांकन गर्ने कुरा हुन ।
 रह्यो कुरा अमेरिका आउनेहरुको । म नेपाल आमालाई लुछ्ने, दिल्लीका बिल्ली नेताहरुलाई न त घरमा आमन्त्रण गर्छु न त एयरपोर्ट लिन, चाकडी बजाउन, स्वागत गर्न वा पुर्याउन जान्छु । यदी कुनै निश्कलँक नेता, राम्रो नेता अमेरिका आए भने उनिहरु नै मलाई संपर्क गर्छन् र उनिहरुलाई म ससम्मान घरमै आमन्त्रण गर्छु स्वागत पनि गर्छु । हाम्रा केही साथीहरु हुनुहुन्छ जो काङ्रेसका नेता आए काङ्रेसी हुँ भन्दै, एमालेका नेता पुगे ओहो कमरेड म त एमाले नै हो नि भन्दै र प्रचण्ड बाबुरामहरु पुग्दा माओवादी, नयाँ शक्ती नै बन्दै छेपाराले रङ्ग फेरे जस्तो रङ्ग फेर्नेहरु छन नेताहरुका लागि । तर म त्यस्तो छेपारे प्रब्रित्ती देखाउन सक्दिन । म त राजनीतिबाट पुरै अलग भएको मान्छे । कलाकार, पत्रकार, सामाजिक ब्यक्तित्व, साहित्यिक ब्यक्तित्व, समाजसेबी, बुध्दिजिबी, पेशागत ब्यक्तित्व हरुलाई सधैं मलाई खोज्छन पनि म सँग पुग्छन पनि । म पनि खोज्छु, रोज्छु, बोलाउँछु पनि ।
 के के गर्दै हुनुहुन्छ अमेरिकामा अहिले ?
  • म अमेरिकामा सुपरमार्केट, स्टोरहरू, ग्यास स्टेशनहरुको बिजनेश चलाइरहेको छु । केहीलाई रोजगारीको अबसर दिएको छु । नेपालीहरुलाई रोजगारीमा प्राथमिकता दिइरहेको छु । सहयोग गरिरहेको छु । बाँचिरहेको छु, बँचाइरहेको छु ।
विजेनेशमामात्र होईनअमेरिकामारामप्रसादखनाल जहाँजे मा पनित्यतिकैसक्रियदेखिनुहुन्छ मर्दा पर्दापनि पुगेकै जता पनि सहयोगगर्नुभएकै नेपालीहरुलाईरोजगारीपनि दिनुभएको   अमेरिकामा पनि कार्यक्रम शो हरु गरिरहनुभएकै गीतसंगीतसाहित्यकलाकारितालाई पनि निरन्तरता दिइरहनु भएको  यो सबै कसरी सम्भव भएको बताइदिनु हुन्छ कि ?
  • म मानवियता र व्यवहारिकतामा विश्वास गर्छु । कोही दुर्घटनामा परे वा मृत्यु भए भने सकेसम्म त्यहाँ सहयोगी हात लिएर पुग्छु । नेपालीहरुलाई प्राथमिकता साथ रोजगारीमा अबसर दिन्छु । सहयोगको भावना राख्दछु । आफु सक्दो सबैलाई सहयोग गर्दछु । कार्यक्रमहरु पनि सकेसम्म ऐटेन्ड गर्छु, गीत, संगीत, कलाकारिता पत्रकारिता, साहित्यको क्षेत्रमा नेपालमा हुँदा झै अमेरिकामा पनि सक्दो गर्ने प्रयास गरिरहेको छु । यो मन त मेरो नेपाली हो गीतमा मात्र होइन मनमा पनि नेपालीत्व बोध छ । राम्रो गरिरहेको छु वा छैन त्यो त तपाईहरु पत्रकार, मेरा दर्शक र श्रोताले मुल्याकन गर्ने विषय हुन ।
 हाल सम्म कति गीत गाउनु भयो ? कस्ता कस्ता गाउनु भयो ? 
  • करिव एक हजार दुई सय भन्दा बढी गीत लेखन, संगीत र गायन गरियो । लोकगीत र आधुनिक गीत, राष्ट्रिय गीत, दोहोरी गीत, भजन, कृतन, तीजगीत, देउसी भैलो देखि हर प्रकारका गीत लेखियो गाइयो ।
 तपाईका धुप्रै एलबमहरु पनि बजारमा छन्  कति एल्वम प्रकाशन भए होलान बताइदिनु  ?
  • मेरा हालसम्म ४३ बटा गीति एल्वम प्रकाशित भए । जुन हाल वजारमा छन । कतिपय यु ट्युबमा पनि छन । कतिपय रेडियो नेपाल र नेपाल टेलिभिजनमा रेकर्डेट छन ।
 पुस्तकहरु पनि लेख्नु भएको   कति प्रकाशित भए बताइदिनु हुन्छ कि ?
  • हालसम्म मेरा १६ बटा पुस्तकहरु प्रकाशित छन् । गीत संगीत, कविता, गजल, जीवन यात्रा र बायोग्राफी गरि १६ वटा पुस्तक प्रकाशित भएका छन भने अब १७ औं कृति प्रकाशनको लागि तयारीमा छु ।
 कविताहरुगजलहरु मुक्तकहरु पनि तपाईका थुप्रै छन नि हैन ?
  • हालसम्म आठसय भन्दा बढी कविता, मुक्तक, गलज लेखेको छु । त्यस मध्ये अधिकांश प्रकाशित भएका छन् मिडियाहरुमा । गत वर्ष त्यस मध्येबाट छानेर एकसय वटा उत्कृष्ट कविता र गजल समेटिएको “देश हराएको मान्छे” नामक कृति प्रकाशित भयो जुन संसारभर रहेका नेपालीहरुले मन पराइदिनुभयो ।
अमेरीकाबाट पत्रकारिता गर्न गार्हो त्यो पनि नेपाली पत्रकारिता झनै गाह्रो  होला होइन ?
  • मैले छापा पत्रकारिता हुँदै रेडियो पत्रकारिता, टेलिभिजन पत्रकारिता त नेपालमै लामो समय सम्म गरेँ । अमेरिकामा आएपछि अनलाइन पत्रकारिता गरिरहेको छु । नेपाल मदर डटकम अमेरिकाबाट प्रकाशित हुन्छ । यो संसारभरका एक सय एकाउन्न देशहरुमा बस्ने नेपालीहरुको खुराक बनेको छ । जमाना अब अनलाइन पत्रकारिताको आयो । विदेशमा बसेर पत्रकारिता गर्नु, नेपाली भाषामा पत्रकारिता गर्न पक्कै सजिलो छैन जसो तसो गरिएको छ भन्नुपर्‍यो ।
तपाई अन्तर्राष्ट्रिय कलाकार मञ्चको अध्यक्ष हुनुहुन्छ  यो कस्तो संगठन होनेटवर्क कस्तो  ?
  • म अध्यक्ष रहेको अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकी सरकारद्धारा मान्यता प्राप्त कलाकारहरुको अन्तर्राष्ट्रिय रजिस्टर्ड अर्गनाइजेशन हो । जसमा नेपाली मात्र होइन, विदेशी कलाकारहरु समेत संलग्न छन । संसारका ३४ देशमा यसको सञ्जाल फैलिएको छ । नेपालमा शिवहरी पौडेलजीको अध्यक्षतामा हाम्रो शाखा छ, जसमा नेपालका धेरै अग्रज कलाकारहरु संलग्न हुनुहुन्छ । यसको प्रधान कार्यालय अमेरिकामै छ ।
 तपाइँ  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजवाशिंगटन डिसीको पनि अध्यक्ष हुनुहुन्छ क्यारेयो चाहिँ नि ?
  • नेपाली भाषा, साहित्य, लोक सँस्कृती, कलाको क्षेत्रमा कार्यरत छ अन्तराष्ट्रिय नेपाली साहित्य समाज । बिदेशमा बस्ने नेपालीहरुलाई नेपाली भाषा , साहित्य , लोक सँस्कृती,  कलाको क्षेत्रमा अग्रसर बनाउन यो संस्था मार्फत हामीले काम गरिरहेको छौं । मैले वाशिङटन डिसी मेट्रो कमिटीको अध्यक्षका रुपमा दोस्रो कार्यकालमा भूमीका निर्वाह गरिरहेको छु ।
तपाईंको संलग्नता अरु के के मा  ?
  • म एनआएनको आजीवन सदस्य छु, त्यसका अलावा अमेरिकी रियल्टरहरुको संस्थाको केन्द्र, भर्जिनियाको पनि सदस्य छु, आफु सक्दो  योगदान दिने प्रयास गरिरहेको छु ।
अमेरिका भन्ना साथ नेपालीहरु हुरुक्क हुन्छन  तपाई भने अमेरिकामा नै स्थापित भएर पनि नेपाल  नेपाली  भनेर  हुरुक्क देखिनुहुन्छ  तपाईका गीत ,कबिता , लेख रचना सबैमा नेपाल बोल्छ  अमेरिकाले तपाईंलाईकिन तान्न सकेन ?
  • हो म अमेरिकामा वसेर सबै सुख , सुबिधा प्राप्त हुँदा पनि आफै बिजनेस गरेर बस्दा पनि संतुष्ट छैन । ज्यान अमेरिकामा छ तर मेरो मन मुटु सधै नेपालमा हुन्छ । मलाई अमेरिकाले नेपाल बिर्साउन सकेको छैन । मलाइ नेपाल नै प्यारो लाग्छ किन हो किन ! म राती सपनीमा पनि हरेक रात नेपाल पुगेकै हुन्छु । बिपनीको त के कुरा गर्नु ।
 नेपालको अवस्था  राजनीति प्रति निकै चिन्तित देखिनुहुन्छ नि सधैं ?
  • कस्तो देश कस्तो भयो, हेर्दा हेर्दै कता गयो हेर्नुस् त ! हाम्रो सम्पूर्ण सत्ता संचालन कहाँ बाट कसरी हुन्छ ! दिल्ली हावी सधै, देश भित्र हर क्षेत्रमा अराजकता मौलाएको छ, सम्हाल्ने कसले ?? धर्म, कर्म, नैतिकता, मानवता सवै हराउदै गए पछि र पार्टी अनि तिनका नेता कार्यकर्ता बेइमान भए पछी आज नेपाल आमाको बेहाल छ । गणतन्त्र, लोकतन्त्र, संघीयता भन्दै देश जातीय, धार्मिक, साम्प्रदायिक बाटोमा अघि बढीरहेको छ । देश नक्सा भित्र मात्र सिमित भएको छ, युवा जनशक्त्ति पलायन भए, कृषी प्रधान देश, जलश्रोतको दोश्रो धनी राष्ट्र नारा कता गए ?? हेर्नुस् त प्रहरी प्रशासन, सरकार, अदालत, सेना हर क्षेत्रमा बिकृति, विसंगति, अन्याय, अत्याचार, अराजकता, भ्रष्टाचार मौलाएको छ । देशको हाल बेहाल छ त्यसैले निकै चिन्ता लाग्छ । स्वर्ग जस्तो नेपाल वर्वाद हुने दिशामा छ । सोमालिया, रुवान्डा, हाइटी, कंगो, बुरुण्डी जस्तै असफल राष्ट्र बन्ने बाटोमा छ नेपाल । कुन दिन फेरी हिँसा भडि्कन्छ थाहा छैन, अहिले हामी आँधी आउनु अघि को सन्नाटामा छौं, आँधी आए पछीको सन्नाटा हेर्न अझै बाँकी नै छ । यस्तोमा मेरो नेपाली मन कसरी सन्तोस हुन सक्छ र !
 गणतन्त्र , लोकतन्त्रसंघीयताधर्म निरप्रेक्षता प्रति तपाइँ सन्तुष्ट हुनुहुन्न यसको मतलव ?
  • कसरी सन्तुष्ट हुनु, हेर्नुस् न यो देशको केन्द्र सरकार र ७ प्रदेश सहितका ८ ओटा सरकार कसरी धान्न सक्छ नेपालले अहिले ? ८८४ जना सांसद कसरी पाल्न सक्छ ? सँघीयता त सबल राष्ट्रहरुमा सफल हुन्छ हाम्रो जस्तो देशले अहिले सँघियता मा जाने बेला भएकाइ होइन, कुनै हिसाबले पनि नेपालका लागि अहिले सँघियता उपयुक्त छैन । छाडातन्त्र मौलाएको छ। कन्ट्रोल कसले गर्न सक्छ ? लथालिङ्ग छ , भताभुङ्ग छ, यस्तो तालले देश भोली के हुन्छ भन्नुस त ?? अब नेपालमा कुन दिन जातिय , भाषिक, क्षेत्रीय, धार्मिक साम्प्रदायिक दङ्गा हुने हो चिन्ता लाग्छ । देशले संघीयता धान्नै सक्दैन अर्थतन्त्र कुनै पनि बेला बिस्फोट हुने खतरा छ । हामी खरानीका लागि घरमा आगो लगाइरहेको छौ । देश झनझन अन्धकारमय बाटोमा उन्मुख छ । १२ हजार मन्दिर नभएको देश नेपालमा १२ हजार चर्च बनिसकेछन, हिन्दूहरु र बाहुन छेत्री लखेट्छौँ भनिसकेछन । आतंककारीहरुले बाचन शिरोमणि पन्डित नारायण पोखरेललाई गोली हानी मारेर शुरु गरेको हिन्दू धर्म माथिको प्रहार एक पछी अर्को गर्दै बिराटनगर सम्म पुगिसकेछ । त्यहा पनि अर्का हिन्दू गुरु माथि गोली प्रहार भैसकेछ । प्रचन्ड र बाबुराम जस्ता देशका सबैभन्दा ठुला शत्रुहरुले रोपेको साम्प्रदायिक, धार्मिक, क्षेत्रिय, जातिय झगडाको आगो सल्किसकेको छ । हाम्रो आफ्नै घरमा आगो लागि सकेको छ । दाई भाई लडाउने, मिलेर बसेका नेपाली भँडाउने, एउटा राजा हटाएर सयौँ राजा बनाउने यो खेललाई कसरी समर्थन गरौं ? कसरी चित्त बुझाउँ ?? तपाईं आफै भन्नुस् त !
अन्त्यमा केही छुट भनाइ छन् कि ?
  • नेपाल रहे हामी नेपाली रहने छौं, राष्टको भाषा , संस्कृती, कला, साहित्य, आफ्नो सम्झेर जोगाई राखौं । नेपाली पनलाई नबिर्सौं । पार्टी र  नेताहरुको पुच्छर बनेर नेपाली बन्न नभुलौँ । लोकतन्त्र लुटतन्त्र बनिरहेको छ, सचेत बनौँ, पार्टीका झण्डा होइन देशका झण्डा बोक्ने बनौँ । सबै जात जाती, भाषाभासी, मिलेर बसौँ, हामीलाई लडाउन भिडाउन खोज्ने नेता नामका दिल्लीका बिल्लिहरुसँग सजक बनौँ । सबै सँग यही आग्रह गर्दै मेरा भावनालाई जनमानसमा पुर्याइदिने तपाइँ र तपाइको मिडियालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । नेपाल र नेपालीको सधैं जय होस । धन्यवाद ।