20081110

This is my Personal old website, for new updated site Please click www.rpkhanal.blogspot.com or Just click on this same line one more time

www.rpkhanal.blogspot.com


Short Resume:


Name: MR. RAM PRASAD KHANAL
"MAN OF THE YEAR 2004 FOR NEPAL" International award Winner.
Profession: (Journalism / Acting / Singing / Music Composing)
Marital Status: Married
Height: 5.11 ft.
Weight: 85 Kg.
Color of Eye & Hair: Black
Birth Place: Gulmi Herdineta-2, Maindanda Nepal.
Qualification: Masters Degree (Sociology)

20080825

रामप्रसाद खनालका तस्बीरहरु यसरी आफै बोल्छन....





सगरमाथा चाइनामा रे, बुद्धको जन्मभुमी लुम्बिनी भारत मा रे ??

मैले संसार का २६ देश जहाँ जहाँ घुमे, त्यहाँ त्यहाँ र हाल बस्दै आएको अमेरिकामा पनि नेपाल भनेको भारतको एउटा प्रान्त हो भन्ने भ्रम बिदेशी मान्छेहरुमा बढी रहेको पाएँ । कमैले मात्र नेपाल एउटा स्वतन्त्र देश हो भन्ने थाहा पाएको र नगन्यले मात्र नेपाल घुमेको बताउने गरेका छन ।
अझ रिश उठ्दो कुरा त के भने सगरमाथा चाइनामा रे, बुद्धको जन्मभुमी लुम्बिनी भारत मा रे !!!, कती रिश उठ्दो होला तपाईं आँफै कल्पना गर्नुश !?। अपराधीहरुको राज भए पनि , सत्य, न्याय, धर्म, परम्परा, सस्क्रितीको नाश हुँदै गएपनी , भाई भाई लडेर तराइ हिमाल पहाड छुट्याउने खेलमा रहे पनि , देशमा सान्ती पूर्वक बाँच्न, नाच्न , काम गरेर खाने बातावरण हराउदै गए पनि, आफ्नो जन्म भुमी साँचै सबै भन्दा प्यारो हुदो रहेछ
अनी त्यसो भन्नेहरुलाई नेपाल सानो तर सुन्दर देश, प्राकृतिक सौन्दर्यताले भरिपूर्ण देश , सगरमाथाको देश , भगवान गौतम बुद्ध जन्मेको देश, एउटा स्वतन्त्र देश, बलजफ्ती नेताहरुले खारेज गरेको भनेपनी हिन्दू धर्मालम्बीहरुको देश भनेर उत्तर दिदा दिदा र भन्दा भन्दा ठीक्क हुन्छ, कसैलेत ओहो तेरो देश त माओईस्ट टेरोरिस्ट (Maoist Terrorist) हरुले कब्जा गरेछन है भन्छन ,
बिस्तारै बिस्तारै बिदेशमा नेपालीको सन्ख्या बढ्दै जादा अब बल्ल नेपालको पनि प्रचार राम्रो सँग हुँदैछ । यसै क्रममा मलाई पनि झोक चल्यो, देशको नाम सडकमा दौडिदा अरुले पनि जानुन भनेर अमेरिका को भर्जिनिया राज्यबाट सरकारी अतिरिक्त महसुल तिरेर मैले मेरो मोटरमा नम्बर प्लेट नै माइ नेपाल ( My Nepal ) भनेर राख्ने अनुमती लिएँ । नेपालीले बिदेशमा जहाँ जहाँ यसरी अनुमती लिएर नम्बर प्लेट राख्न पाईन्छ, प्रयास गर्नेहो कि ? अमेरिका का ५० हरेक स्टेटमा नाम नजुधाइ नम्बर प्लेट राख्न पाईन्छ, सुने अनुसार क्यानाडा , बेलायत र अन्य केही देशमा पनि यस्तो ब्यबस्था छ रे , आउनुहोश सबै ले भन्न थालौं मेरो नेपाल ।

"नेपालीले के गरेको"

सकारात्मक राम्रो कुरा कसैले जान्दैनन
एकअर्कामा सहयोग गर्न कुनै मन खाँदैनन्
सकारात्मक आँखा कसैले देख्दैनन्
नसेक्नेलाई सेक्छन्, सेक्नेलाई सेक्दैनन्
निर्दोषीलाई बरु दोषी मान्दछन्
दोषीलाई यहाँ निर्दोषी मान्दछन्
अगाडी सवै कुरा ठिक्क पार्दछन्
पछाडी नभएको जुका पनि झार्दछन्
नेपालमा त एकअर्को लड्छन् लड्छन्
विदेशमा समेत खुट्टा तान्न पछि पर्छन्
कोही राम्रो भएको निको मान्दै मान्दैनन्
कुरा काट्न शिवाय अरु केही जान्दैनन्
केही नगरे विग्रियो फलानो भन्छन्
केही गरे, त्यसले जस्तो अरुले गर्‍या छैनर ! भन्छन्
राम्रो गरे, खै के के गर्छ कुन्नी ! भन्छन्
अलि माथि पुगे, सिध्याउने लिष्टमा गन्छन्
देशमा केही गरौं भने हुतिहारा ठान्छन्
देश बाहिर केही गर्न खोजे "पलायन" भयो भन्छन
इष्र्या, डाहा, खुट्टा तान्ने काममै आनन्द मान्छन
किन हो कुन्नी हाम्रा नेपाली दाजुभाई यत्तिमात्र जान्छन्
मानवाधिकार र स्वतन्त्रताका कुरा गर्छन्
मानवाधिकार विरोधी र पक्षपातले पेज भर्छन्
केही भएको, गरिखाने नेपाली जहाँ पनि दिक्क छ
हाम्रा नेपाली एक अर्कोमा उडाउँदै ठिक्क छ
खुट्टा तान्ने खेलले कोही माथि जाँदैन
आफुमा केही नभए, अरुले मात्र माथि लाँदैन
देश कहाँबाट कहाँ पुग्यो अझै पनि थाहा छैन
वास्तवमा अव नेपालीले नबुझी भा छैन
- रामप्रसाद खनाल, भर्जिनिया अमेरिका
Ram Prasad Khanal's "America Green Card Ko Khel"


Ram Prasad Khanal ko "Kasto chalan ho ?,"


हेर्दाहेर्दै कस्तो भयो देश !!, बाध्यताले विदेशमा भए नि प्यारो लाग्छ आफ्नै भाषा भेष...

-रामप्रसाद खनाल , कलाकार एबम पत्रकार (अध्यक्ष्य - अन्तराष्ट्रिय कलाकार मन्च, अमेरिका)


रामप्रसाद खनाल अमेरिका पलायन भयो भनेर केहीले भन्छन् नि, तपार्इं यसमा के भन्नुहुन्छ ?
- शान्त नेपाल अशान्त हु“दै गएपछि, सजाय पाउनर्ुपर्ने अपराधी सजाय दिने ठाउ“मा पुगेपछि, दण्डहीनताले परकाष्टा नाघेपछि, जीउज्यानको सुरक्षा नभएपछि, काम गरेर खाने वातावरण हराउ“दै गएपछि रामप्रसाद खनाल बाध्यतावस अमेरिका बस्न थालेको हो, रामप्रसाद खनाल मावै होइन ऊजस्ता थुप्रै कलाकार, पत्रकार, बुद्धिजीवी, गरिखानेहरू नेपाल बस्ने वातावरण नदेखेपछि अमेरिका बस्न थालेको सा“चो हो । तर, पलायन भएको, भासिएको पक्कै होइन ।

- तपाईं अमेरिकामा स्थायी बसोवास गर्ने मान्छे नेपालको किन चिन्ता लिनुहुन्छ ?
- म अमेरिकामा बसे पनि मेरो मन हरेक पल नेपालमै छ, प्राकृतिक सौर्न्दयता, जलस्रोतदेखि हर कुराले सम्पन्न तर हाल अपराधीकरण गर्न खोजिएको मेरो प्यारो मातृभूमिको यादले मलाई सधंै सताउ“छ । बिहान, दिउ“सो, सा“झ कम्तीमा म तीनपटक इन्टरनेटबाट नेपालमा पुग्छु, हर्ेछु, समाचारमा नेपाल देख्दा मेरो मन धुरुधुरु रुन्छ, हरेक दिन केवल राष्ट्रका लागि अशोभनीय खबर देख्छु, शोभनीय, खुसी लाग्ने कुनै समाचार देख्दिन“, दिक्क लाग्छ, फेरि सोच्छु कस्तो नेपाल कस्तो भयो - हर्ेदाहर्ेदै कता गयो ††-- नेपालभित्रै छु म अमेरिकामा भए पनि, अमेरिका बर्साई मेरो स्थायी होइन, देशमा शान्ति बहाल भए, काम गरेर बस्ने वातावरण बने सबैभन्दा पहिला अमेरिकाको ग्रिनकार्ड त्यागेर सपरिवार नेपाल फर्किने रामप्रसाद खनाल पहिलो व्यक्ति हुनेछ

- अमेरिका बसेर नेपालप्रति भक्तिभाव देखाउनु नेपालप्रतिको अपमान होइन र ?
- रहर होइन, म र म जस्ता कलाकार, पत्रकारलगायतका सचेत वर्ग बाध्यताले विदेशिएका छन् तर बाध्यताले विदेशी भए पनि नेपालप्रतिको मायामा कुनै कमी आउ“दैन । भर्खर मैले अमेरिकामा अर्काे एउटा नेपाली गीतको एल्बम निकालेको छु, त्यसको एउटा अंश यहा“ उद्धृत गर्छु 'बनाउनु पर्छ अफ्नै देश, बाध्यताले विदेशमा भए नि प्यारो लाग्छ आफ्नै भाषा भेष...।' विदेशमा बसेर आफ्नो मातृभूमि, भाषा भेष भूले अपमान हुन्छ तर नेपालप्रति भक्तिभाव हुनु त सम्मान हो, प्रशंसनीय कुरो हो ।

- अमेरिकामा बसेर नेपालप्रति तपाईंको योगदान के ?-
हर्ेन्ाुस्, अमेरिकामा बसे पनि मेरो मन नेपाली नै छ, नेपाली गीत गाउ“छु, आफ्नो २० वर्ष पत्रकारिताको इतिहासलाई निरन्तरता दिंदै 'नेपालमदर डट कम' नामक नेपाली वेबसाइट चलाएर नेपाल र नेपालीका खबर देश/विदेशमा पुर्‍याउ“छु, अमेरिकामै एल्बम निकालेर नेपाली गीत/संगीतको अन्तर्रर्ााट्रय पर््रवर्द्धन गर्दैछु । प्रत्यक्ष अप्रत्यक्ष धेरै कुरामा मैले नेपालप्रति योगदान दिएकै छु नि, होईन र ?

नेपालको राजनीत्रि्रति निकै चासो लिनुहुन्छ नि, कारण के हो ?
- देशको भविष्य राजनीतिस“ग गा“सिएको हुन्छ । राजनीतिक संस्कार गलत हुनाले आज नेपालको यस्तोे स्थिति भएको हो । राजादेखि नेताहरूसम्म सबैको दूर दृष्टि नहुनाले देश यो अवस्थामा पुगेको हो । राष्ट्रभक्त नेता कोही जन्मिएको अहिलेसम्म देख्न सकिएन व्यवहारमा । सबैलाई कर्ुर्सर्ीीेह छ, सबैको हालत देखियो । २०५ को संसद्लाई ६०१ पुर्‍याएर बा“डीचु“डी खाने, आफूहरू मात्रै रमाउने, देशलाई हरिकङ्गाल बनाउन ेशिवाय केही देखिएन । पहिले आफूले पनि राजनीति गरेका कारण चासो लाग्दोरहेछ तर हाल म राजनीतिबाट पर्ूण्ा अलग रही एउटा पत्रकार, कलाकारका रूपमा मात्र आफूलाई प्रस्तुत गर्न चाहन्छु र भन्छु- 'कृपया रामप्रसाद खनाललाई एउटा कलाकार र पत्रकारका रूपमा मात्र हेरिदिनुस्, कुनै वाद वा वादी भनेर नजोडिदिनुस्े मात्र नेपालवादी भनेर जोडिदिनुस् ।
'
एउटा पत्रकार र पत्रकारका रूपमा नेपालको भविष्य कस्तो देख्नुहुन्छ ?
- मैले हाइटी, कङ्गो र बुरुण्डीजस्ता असफल राष्ट्रहरूको भ्रमण सकेर नेपाल र्फकेपछि चार वर्षअगाडि लेखेको भनेको कुरा फेरि आज चार वर्षछि देाहोर्‍याउ“छु
यदि हाम्रा राजनीतिक दलका नेता र दल अब पनि सुध्रिएनन् भने कर्ुर्सर्ीीे मोहमा लागेर हुने नहुने, मिल्ने नमिल्ने जे-जे गरिरहेका छन्, अहिले पनि त्यसलाई कायम राखे भने, सेना, प्रहरी, सशस्त्र प्रहरी यसरी नै चुप लागेर बस्ने प्याराल्ााइज हुने हो भने वाईसीएल, युथफोर्स लगायतका युवा जमातमा देखिएका क्रियाकलाप जारी रहे भने , लेखेर राख्नुहोस् दर्ुइ/तीन वर्षभत्रै नेपालमा फेरि अर्काे प्रतिक्रन्तिको खतरा, गृहयुद्धको खतरा र मुलुक सोमालिया बन्ने खतरा छ, मान्छेले मान्छे मार्ने त अहिले नै सामान्य कुरा भएको छ । नेपालमा अब मान्छेले मान्छेकै मासु खाने दिन पनि नआउला भन्न सकिंदैन । तर्सथ, सबैले मिलेर अघि बढ्नु, चेत्नु पर्ने अवस्था छ, सबैलाई चेतना भया... ।

अन्त्यमा अमेरिकामा बसेर अन्तर्रर्ााट्रय कलाकार मञ्च स्थापना गरेर अगाडि बढ्न खोज्नुका कारण पनि बताइदिनुहुन्छ कि ?

- मैले राजनीतिबाट अलग रहेपछि कला, संस्कृतिका लागि काम गर्ने र नेपाली कला, संस्कृतिलाई अन्तर्रर्ााट्रयस्तरमा पुर्‍याउने अठोट गरेर यो कन्सेप्ट बनाएको हु“ । नायक, नायिका, गायक, गायिका हास्यव्यङ्ग्य कलाकार, नाटक वा जुनसुकै कलास“ग सम्बन्धित, कलाकारहरूको विधा अर्न्तगत पर्ने क्रियाशील सबैलाई समेटेर अन्तर्रर्ााट्रय स्तरको मञ्च बनाउने क्रममा अन्तर्रर्ााट्रय कलाकार मञ्च अमेरिका गठन भएको हो । यसमा सबै क्षेत्रका राष्ट्रिय/अन्तर्रर्ााट्रय ख्याति कमाएका कलाकारिता गर्ने साथीहरू हुनुहुन्छ । यसको केन्द्रीय कार्यालय र केन्द्रीय समिति अमेरिकामा छ र अब हरेक देशमा हामी यसका शाखाहरू विस्तार गर्दैछांै, काम सुरु भइसकेको छ । यो विशुद्ध कलाकारहरूको हकहितका लागि, कला र संस्कृतिका लागि खोलिएको संगठन हो । राजनीतिको 'र' पनि यहा“भित्र छिर्न पाउ“दैन । धन्यवाद

काठमाडौंबाट प्रकासित् हुने राष्ट्रिय पत्रीका साप्ताहिक आवाजका प्रधान सम्पादक यज्ञ ढकालले लिनुभएको र डिसेम्बर १४ गते सोही पत्रीकामा प्रकासित् रामप्रसाद खनालसँगको यो अन्तर्वार्ता साप्ताहिक आवाजबाट साभार् गरी यहाँ प्रकाशन गरिएको जानकारी गराइन्छ.

Ram Prasad Khanal ko "narayanghatai ma ...."


दिन बिताउनै गाह्रो भो मलाईत पगल भएं तिम्रै मायाले ...










































































































रामप्रसाद खनालको अन्तर्वार्ता -
"माओवादीले मलाई अपहरण गरेर ठूलो मानवीय अपराध गरेको छ" -रामप्रसाद खनाल

(रामप्रसाद खनाल पेसाले पत्रकार र कलाकार हुन्। बहुप्रतिभाका धनी खनाल अहिले अमेरिकामा कलाकार, पत्रकार, गायक सब क्षेत्रमा ह्याटि्रक गरेकै आधारमा अतिरिक्त प्रतिभाशाली व्यक्तित्वका रुपमा (Extra Ordinary Ability EB-1) अन्तगरत ग्रीन कार्ड प्राप्त गरेर आफ्नो व्यक्तित्वलाई अन्तर्राष्ट्रिय जगतसम्म पुर्�याएर चर्चा पाउन थालेका छन्। अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष, दक्षिण एशियाली पत्रकार महासंघका महा�सचिव खनाल अब नेपालमा मात्र होइन अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया लगायतका करिब २०/२५ वटा देशमा पनि आफ्नो प्रतिभालाई उजागर बनाउने तयारीमा जुटेका छन्। �म नेपाल पनि छाड्दिन, अमेरिका देखि अन्तर्राष्ट्रिय जगतसम्म पुगेर नेपालको लोक संस्कृति, दोहोरी गीतलाई अन्तर्राष्ट्रियकरण पनि गर्दैछु� भन्ने खनाल निष्पक्ष राष्ट्रिय साप्ताहिकका प्रधान सम्पादक, नेपाल स्काउटका केन्द्रीय प्रेस तथा संस्कृति सल्लाहकार, रेडियो नेपालको विशिष्ट श्रेणीको लोक दोहोरी गायक, लुम्बिनी संगीत, कला तथा साहित्य समाजको महा�सचिव, राष्ट्रिय स्वर परीक्षा तथा स्क्रीन टेष्ट प्रतिष्ठानका प्रबन्ध निर्देशक, नेपाल प्रेस इन्स्टिच्यूटका प्रशिक्षक, रेडियो लुम्बिनीका संस्थापक सदस्य, ईण्टरनेशनल मिडिया हाउसका अध्यक्ष पनि रहेका छन्।
विभिन्न १३ पुस्तक लेखि सकेका खनालका हालसम्म ३८ वटा गीति क्यासेट, सि.डी. भि.सी.डी. र करिब ६ सय भन्दा बढी लोकगीत, दोहोरी गीत, आधुनिक र राष्ट्रिय गीत समेत प्रकाशित भैसकेका छन्।
नेपाल टेलिभिजनमा कार्यक्रम निर्माता, निर्देशक एवं सञ्चालकका रुपमा बसेर आफ्नो प्रतिभाको कमाल देखाएका रामप्रसाद खनाल पूर्व मेचि देखि पश्चिम महाकालीसम्म मात्र होइन अन्तर्राष्ट्रिय जगतसम्म पुगेर लोकगीत र दोहोरी गीतको माध्यमबाट नेपाल र नेपालीको शीर उचो बनाए। सायद त्यसैले होला अमेरिकाबाट उनलाई �वर्ष पुरुष २००४�को अनतर्राष्ट्रिय पुरस्कार समेत प्राप्त भयो।
नेपालको २/२ वटा राष्ट्रिय पुरस्कार प्रख्यात त्रिशक्ति पट्ट र गो.द.बा. सहित दर्जनौ सम्मान, पुरस्कार, अभिनन्दन पाएका खनालको अनुपस्थितीले लोक दोहोरी कार्यक्रम मात्र होइन, सिङ्गो नेपाल टि.भी. दर्शकले खल्लो महशुस गर्न थालेका छन्। वी.वी.सी. देखि रेडियो नेपाल, नेपाल टि.भी., छापा पत्रकारिता हर क्षेत्रको अनुभव संगाली सकेका खनाल समाजशास्त्रमा स्नातकोत्तर उत्तिर्ण छन्। उनीसँग लिइएको अन्तर्वार्ता तल प्रस्तुत गरिएको छ


० गीत संगीतको क्षेत्रमा यहाँको प्रवेश र विकासक्रम नि?म जान्ने भए देखि (सानै देखि) लोकगीत, दोहोरी गीत, आधुनिक गीत, भजन किर्तन (धार्मिक गीत) गाउँदै आएको छु। तर औपचारिक रुपमा मैले २०४५ सालमा स्वर परीक्षा पास गरी घ, ग, ख, क हुँदै हाल विशिष्ट श्रेणीको गायकको रुपमा सरकारद्वारा सुचिकृत र मान्यता प्राप्त छु।

० 'लोक दोहोरी' को क्षेत्रबारे केही बताइदिनु हुन्छ कि?लोक दोहोरी छाँयामा पर्न लागेको अवस्थामा २०५७ सालमा मैले ठूलो आँट र संघर्ष गर्दै नेपाल टेलिभिजनबाट शुरु गरेँ, मेरो त्यो अभियानसँगै अहिले नेपाल दोहोरीमय भएको छ। तपाई जहाँ जुन कार्यक्रममा जानुहोस त्यहाँ लोक दोहोरी सुन्न र देख्न पाउनुहुन्छ। मैले यो अभियान शुरु गर्दा नेपालमा १२ जना मात्र देखिएका दोहोरी गायक/गायिका रहेकोमा हाल दशौं हजार पुगेको छ। राम्रो विकास भएको छ, दोहोरी साँझ प्रशस्तै खुलेका छन, कलाकारहरु रोजगार प्राप्त छन्। खुबी हुनेहरु तानातान भइरहेका छन, काठमाडौ मात्र होइन काठमाडौ बाहिर र नेपाल बाहिर विदेशमा पनि दोहोरी साँझ खुल्ने क्रम बढ्दो छ। हिन्दी, छाडा, अंग्रेजी र पप विस्थापित हुँदैछन, यो राष्ट्रकै लागि समग्रमा खुशीको कुरा हो। तर चिन्ताको कुरा यस क्षेत्रमा विकृतिहरु पनि शुरु भएका छन्।

० लोक दोहोरीको माध्यमबाट नेपालले अन्तर्राष्ट्रिय प्रतिष्ठा आर्जन गर्न सक्ला त?
किन नसक्नु? अहिले नै हेर्नुस विदेशी पर्यटक नेपाल आएर दोहोरीमा रमाउन थालेका छन्। मैले २४ देश भ्रमण गरिसकेको छु। जहाँ जाँदा पनि नेपालीहरुबीच मात्र होइन विदेशीहरुकाबीच पनि दोहोरी लोकप्रिय छ। गीतमै तुरुन्ता तुरुन्तै सवाल जवाफ गरेको सुन्दा विदेशीहरु तिनछक पर्छन, यस्तो कला संसारमै नगण्यरुपमा पाइन्छ, भारतमा कवाली भनिन्छ, त्यो अलिकति मात्र हाम्रो मिल्छ यससँग अरु देशमा त यो सोंच्न पनि सक्तैनन्। यसले गर्दा यो हाम्रो देशको पहिचान र प्रतिष्ठा पनि बनेको छ।

० यस क्षेत्रमा राज्यको भूमिका कस्तो छ नि?
आँखा भएका र वास्तविक हेर्न सक्ने भित्री दृष्टि नभएका, सुन्ने तर वास्तविकता नसुन्नेहरुको सरकारमा सधै हाली मुहाली हुन्छ त्यस कारण यस लोक दोहोरीको क्षेत्रमा राज्यको भूमिका अत्यन्त गौण छ। उपेक्षित छ। वास्तविक आँखा देख्ने र काम सुन्ने, बुझ्ने क्षमता भएकाहरु सरकारमा गए भने त्यो दिन हेरौंला।

० तपाईले यो क्षेत्रमा उल्लेखनीय योगदान पुर्�याउनु भयो, के कस्ता सम्मान पाउनुभयो कुन्नी?
मैले अमेरिकाबाट लोक दोहोरी तथा पत्रकारिता र समग्र कलाकारिताको क्षेत्रमा पुर्�याएको योगदान वापत ुःबल या तजभ थभबच(द्दण्ण्द्धु (वर्ष पुरुष �२००४) को सम्मान र पुरस्कार पाएँ। यस बाहेक राष्ट्रप्रमुखका हैसियतले २०६० र २०६१ मा राजाबाट प्रवल गोरखा दक्षिण बाहु र प्रख्यात त्रिशक्तिपट्ट नामक राष्ट्रिय पुरस्कार प्राप्त गरे। यस बाहेक संयुक्त राष्ट्रसंघ (ग्ल्०, युनिसेफ, विश्व स्वास्थ्य संगठन , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रेडियो नेपाल, नेपाल टेलिभिजन लगायतका विभिन्न अन्तर्राष्ट्रिय, राष्ट्रिय देखि स्थानीय तहसम्मका प्रतिष्ठित निकायहरुबाट सम्मान, पुरस्कार, अभिनन्दन, प्रशंसापत्र, पदक समेत प्राप्त गरेको छु। हालसम्म करिब २ सय भन्दा बढी त्यस्ता सम्मान पाइसकेको छु।

० पत्रकारिताका क्षेत्रमा लागेको कति भयो, कहाँ कहाँ काम गर्नुभयो?
मैले पत्रकारिता शुरु गरेको २ दशक भयो। यस बीचमा मैले १५ वर्ष देखि नियमित रुपमा आफ्नै निष्पक्ष राष्ट्रिय साप्ताहिक सम्पादन/प्रकाशन गरि आएको छु। वी.वी.सी. वर्ल्ड सर्भिस देखि रेडियो नेपाल, नेपाल टेलिभिजन र अन्य राष्ट्रि सञ्चार माध्यममा काम गरिसकेको छु। नेपाल टेलिभिजनमा त कार्यक्रम सञ्चालक देखि बोर्ड डाइरेक्टर सम्मको पदमा बसेर काम गरें।

० हालसम्म के कति गीत गाउनु भयो? एल्बमहरु निकाल्नु भयो?आजसम्मैले ६ सय भन्दा बढी लोकगीत, दोहोरी गीत, आधुनिक गीत, लेखेको छु, संगीत गरेको छु र गाएको छु। मेरा ३८ वटा क्यासेट, सि.डी. र भी.सी.डी.हरु प्रकाशित भैसकेका छन्।

० पुस्तकहरु पनि प्रकाशन गर्नु भएको छ क्यारे होइन?
हजुर, हालसम्म ११ वटा गीति पुस्तक र अन्य २ पुस्तक गरि १३ वटा कृति प्रकाशित भैसकेका छन्।

० भविष्यको लक्ष्य?
एउटा आफ्नै अलग्गै टेलिभिजन स्टेशनको स्थापना गर्नु र त्यसलाई राष्ट्र, जनता, लोक संस्कृति सबै राष्ट्रिय स्वार्थमा प्रसारण गर्नु मेरो प्रमुख लक्ष्य हो भने समाजसेवा, गीत संगीत क्षेत्रको सम्वर्द्धन, लोक संस्कृतिको प्रचार प्रसार गरि नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्�याउन मद्दत गनुर्् मेरो अर्को लक्ष्य हो।


० देशको वर्तमान राजनीतिक परिस्थितिलाई कसरी हेर्नुहुन्छ?मैले करिब १९�२० वर्षजति गीत संगीत, पत्रकारितासँगै राजनीतिको क्षेत्रमा पनि सक्रिय भएर काम गरें तर राजनीति गर्नु मलाई ठिक लागेन, मैले राजनीतिबाट सन्यास लिइसकेको छु। तर राजनीति गर्नेहरुलाई राष्ट्र र जनताको स्वार्थका लागि राजनीति गर्नुपर्छ भनेर सल्लाह दिन चाहन्छु, अहिलेको जस्तो अप्राकृतिक राजनीतिसँग मेरो कसरी सानिध्यता हुन सक्छ र! राजा देखि नेताहरुसम्म, काँग्रेस, एमाले देखि माओवादीसम्म कसैसँग पनि म सन्तुष्ट हुन सकिन त्यसैले राजनीतिबाट सन्यास लिएको हुँ। अब उप्रान्त रामप्रसाद खनाल विशुद्ध गायक, कलाकार, पत्रकार मात्र भएर बाँच्ने छ, कसैप्रति निकटता झुकाव हुने छैन, सबैलाई हेर्ने दृष्टिकोण र व्यवहार समान हुनेछ।

० यहाँ त अमेरिकी सरकारद्वारा �अतिरिक्त क्षमतावान व्यक्ति, प्रतिभा� को रुपमा ग्रीन कार्ड प्राप्त गरेर अमेरिका हुनुहुन्छ रे! सत्य हो?हजुर सत्य हो। मलाई अमेरिकी सरकारले लोकगीत दोहोरी गीत क्षेत्रको उत्कृष्ठ गायक र पत्रकारका रुपमा उच्च मुल्यांकन गरेछ। यसैले मलाई Extraordinary ability (EB-1) Category अन्तरगत ग्रीन कार्ड प्रदान गरेको छ। म अब अमेरिकामै बसेर पनि लोकगीत, दोहोरी गीत र पत्रकारिताका माध्यमबाट नेपाललाई सधै अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाइरहनेछु। म अमेरिका पनि बस्छु, नेपाल पनि आते जाते गर्छु। देशको तरल अवस्था स्थिर भयो भने म नेपाल छाड्ने पक्षमा छैन, म जहाँ जुन रुपमा रहे पनि नेपाल र नेपालीकै लागि कार्यरत रहनेछु। तर अमेरिका पनि अब मेरो अर्को कर्मभूमि भएको छ। म यस बाहेक अन्य अन्तर्राष्ट्रिय जगतसम्म पुगिरहने छु नेपालीत्वको भावना बोकेर।

० अमेरिकी ग्रीन कार्ड प्राप्त भए पछिको क्षण?अमेरिका जस्तो विश्वको एक नम्बरमा पर्ने देशले गरीब देशमा जन्मिएको, सानो र अभावै अभावले खड्किएको देश नेपालमा जन्मिएको म जस्तो एउटा कलाकार/पत्रकारलाई उचो मूल्यांकन गरेर (Permanent Resident Card) अर्थात संसारका अतिरिक्त प्रतिभावान/क्षमतावान व्यक्तिको दर्जामा राखेर यसरी स�सम्मान, सपरिवार ग्रीन कार्ड ९एभच्कबलभलत च्भकष्मभलत ऋबचम० दिनु एकातिर असाध्यै मेरा लागि खुसी र गौरवको कुरा हो भने अर्को पाटोबाट हेर्दा मेरो सुन्दर, स्वर्गरुपी देशबाट म अलग बसेर कार्य गर्नुपर्ने भयो, म जस्ता केही खुबी हुने, गरिखान सक्नेहरु यसरी विदेशतिर आकर्षण हुनु पर्ने अवस्था आयो भने पछि मेरो मातृभूमिको यथार्थता के रहेछ? कस्तो देश कस्तो भएछ? यसै गरेर क्षमता भएका व्यक्तिहरु विदेशतिर बस्न थाले भने देश कतातिर जाला? यी र यस्ता प्रश्न र तिनका संभावित उत्तरहरुले म दुखी पनि छु।
अमेरिकी डि.भी. चिठ्ठा परेर जाने दाजु भाई दिदी बहिनीहरु मात्र सजिलोसँग त्यहाँ पुग्छन, तर अरु मापदण्ड पूरा गरेर अमेरिकी ग्रीनकार्ड पाउनु त्यहाँ निकै अप्ठ्यारो छ, मान्छेहरु ग्रीनकार्ड प्राप्त गर्नका लागि आमाबाबु, श्रीमती, श्रीमान, छोरा छोरी सबथोक त्योगर १५/२० वर्ष देखि लाखौं लाख खर्चेर लागि परिरहेका देखिन्छन तर सफल कम मात्रै हुन्छन्।
त्यसमा पनि मैले ग्रीनकार्ड प्राप्त गरेको दर्जा अन्तर्गत ग्रीनकार्ड पाउने नेपालीहरु त अत्यन्त नगण्य औलामा गन्न सकिने मात्र छन्। मलाई जानकारी भएसम्म, मैले पाएको जानकारी सूचना गलत छैन भने लोक गायक प्रेमराजा महत पहिलो नेपाली कलाकार हुन, जसले भ्द्य(ज्ञ अन्तर्गत ग्रीन कार्ड प्राप्त गरे। त्यसपछि नायक सरोज खनाल, नायिकाहरु करिश्मा मानन्धर, पूजा चन्द, कृष्टि मैनाली, सारङ्गा श्रेष्ठ हुँदै म आफु सम्म छु। मलाई प्राप्त जानकारी अनुसार हालसम्म हामी कलाकारहरु/गायक/गायिका गरेर १७ जनाले यो उच्च दर्जामा ग्रीन कार्ड प्राप्त गरेका छौ र अझ केही कलाकारहरु प्रोसेसमा छन्।
देश शान्त हुनछ भने, देशमा सुरक्षा हुन्छ भने, केही गरेर खाने पौरखी हातहरु बाँधीदैनन् भने, हत्या, आतंक, अपहरण, चन्दा, लुटपाटको अन्त्य हुन्छ भने म मात्रै होइन। मेरा सहकर्मी सबै कलाकार होउन वा पत्रकार जो केाही पनि नेपाल फर्किने मनस्थितीमा रहेको मैले बुझेको छु तर देश झन पछि झन अस्थिर हुँदै गइरहेको अबस्थामा विकल्प खोज्नै पर्ने रहेछ, यो बाध्यता हो जस्तो लाग्छ मलाई। म त दोहोर्�याएरै भन्छु� देशको तरल राजनीतिक अवस्था स्थिर होस, अपराधीहरुको राज नहोस, म तुरुन्त देश फर्किन र देशमा केही गर्न आत्तुर छु।

० अरु केही थप कुरा भन्न चाहनुहुन्छ कि?�जननी जन्मभूमिश्च, स्वर्गादपी गरियसी�
हामी जहाँ सुकै रहौ जे सुकै गरौं, आफ्नो मातृभूमि सबैलाई प्यारो हुन्छ, प्यारो लाग्नु पर्छ। मैले संसारका २४/२५ देश घुम्ने क्रममा जहाँ जहाँ पुगेँ, नेपालीहरुलाई भेटे, एकादुई प्रतिशत छाडेर प्रायः राष्ट्रप्रति चिन्तित रहेको पाएँ। अमेरिका होस, स्वीजरल्याण्ड होस वा संसारको जुनसुकै आकर्षक देशमा रहेका भए पनि नेपालीलाई नेपालको माया हुनछ।
अमेरिकाको कुरा गर्दा मलाई यत्ति भन्न मन लाग्छ यदि स्वर्ग भन्ने छ भने अमेरिका स्वर्ग हो, त्यहाँको हरियाली, वातावरण, विकास त्यहाँका मान्छे हर क्षेत्रको वैज्ञानिक सिष्टम, सर�सफाई लगायत जुन कुरा हेरे पनि हाम्रा धार्मिक पुराणमा व्याख्या गरिएको स्वर्ग मैले त्यहाँ देख्छु तर त्यो स्वर्ग भन्दा पनि हामी जन्मेका नेपाल जत्तिसुकै अस्तव्यस्त भए पनि, हर क्षेत्रमा सिष्टम कोल्याप्स भए पनि, फोहोरका डङ्गुर देखि मानछेका दिमाग पनि फोहोरका डङ्गुर भन्दा बढी देखिए पनि हामीलाई हाम्रै मातृभूमि मन पर्छ, प्यारो लाग्छ।
बन्द र हड्ताल, स्वास्नी पोईल गए पनि चक्काजाम, दिनहुँ नानाथरीका नारा जुलुस, तोडफोड, उद्योग व्यापार टाट उल्टिएको अवस्था, अपहरण, चन्दा, हत्या, असुरक्षाको कहाली लाग्दो अवस्था दण्डहिनताले अपराधीहरु नै न्यायाधीश बन्न खोज्ने परिस्थिति, जसलाई जे मन लाग्यो त्यही गरिएको अवस्था, राजा देखि नेताहरुसम्म पूर्णतया देश सञ्चालनमा असफल रहेको अवस्था, जनता निरीह बनेको र तिनै जनताका नाममा मनपरी तन्त्र, संसारमा कहीं कतै नभएको राजनीतिक हाँडी जात्रा भैरहेको दृश्य, प्रजातन्त्रका नाममा त्यसको दुरुपयोग गर्दै राष्ट्र विखण्डनको आँगनमा पुगेको अवस्था यी सबै देख्दा हामीलाई हाम्रो मातृभूमि प्रति जतिसुकै माया भए पनि अब यसलाई असफल राष्ट्र हुन, हाईटी, कङ्गो, बुरुण्डी, सियरालियोन हुँदै अन्त्यमा सोमालिया हुनबाट कसले पो बचाउन सक्छ र! जस्तो आभाष हुन थालेको छ। राष्ट्रका हर्ताकर्ता राजा देखि नेतासम्म सबैको क्षमता हेरेपछि मलाई यस्तो आभाष हुन थालेको हो यदि मेरो बुझाई गलत छैन भने।
एउटा तानाशाहीको अन्त्य भयो भन्दै अर्को तानाशाही लाद्दै जनताको अधिकार नेताहरु आफैले अपहरण गरिरहेका दिनहुँका दृष्य देख्दा मैले आशा राख्ने ठाउँ देखिन। असफल राष्टहरुको इतिहास देखि वर्तमानसम्म अध्ययन गरें, केही असफल राष्ट्रको भ्रमण समेत गरें, वस्तुगत अवस्था बुझें, त्यसपछि त झन मलाई आफ्नो प्यारो मातृभूमि झन पछि झन असफल बन्दै गइरहेको र अझ विकराल रुप आउने लक्षणहरु मेरो मानसपटलमा झल्झल्ती आइरहन थालेका छन्। नेपाल पनि सोमालिया हुने खतरनाक दृष्य देख्न थालेको छु मैले। किनकी पहिलो कुरा अभिभावकत्व। भनिन्छ देश रहनका लागि, सफल ढङ्गले सञ्चालन हुनका लागि राम्रो अभिभावकत्व चाहिन्छ, हाम्रो देश र अभिभावक विहिन छ, यी वर्तमान अभिभावकहरु असफल, स्वार्थी, देश र जनताको हित विपरीतका अभिभावक सावित भए।
दोश्रो कुरा, धर्म। विश्वमा एउटा हिन्दु राष्ट्र थियो, त्यो पनि सकियो, हिन्दु धर्मले कसैको केही बिगार गरिदिएको थियो जस्तो मलाई लाग्दैन, केही त्यसमा कमी कमजोरी थिए भने सच्याउँदै लैजान सकिन्थ्यो अब त्यो जरैबाट उखेलियो। तेश्रो कुरा, हाम्रो नेपाली संस्कृति र परम्परा। अहिले पश्चिमा छाडा संस्कृतिले हाम्रो नेपाली संस्कृति र परम्पराको धज्जी उडाउँदै, बलात्कार गर्दै गर्दा हामी दङ्ग छौ। हरेक राष्ट्रको आफ्नै मौलिकता हुन्छ, संस्कृति र परम्परा हुन्छ अब त्यसको पनि चिरहरण भैसकेको आभाष हुन्छ।
चौथो कुरा, वैदेशिक चलखेल र हस्तक्षेप। अहिले हेर्नोस नेपालको हर क्षेत्रमा वैदेशिक निकृष्ट चलखेल र हस्तक्षेपछ। हाम्रा प्रधानमन्त्री, मन्त्री, दलका नेता सबैको घुमाउने घुम्ने साँचो विदेशीहरुको हातमा छ। विदेशीले लेफ्ट राईट गराउँदा लेफ्ट राइट गर्छन हाम्रा महाशयहरु।
पाँचौ कुरा, फोहोरी राजनीतिक खेल। अहिले सबै दलको राजनीति हेरौं, कसैलाई राष्ट्र र जनता प्रति माया भए जस्तो देखिदैन। लोकतन्त्र, प्रजातन्त्रका नाममा जनताका अधिकारहरु चिरहरण गर्दै आफुखुसी गर्ने अधिनायकवादी चरित्र भएका नेताहरु आफ्नो पार्टीगत, व्यक्तिगत स्वार्थ, कुर्सीको खेलमा मात्र मग्न देखिन्छन। यी र यस्ता कुरा हेर्दा, विश्लेषण गर्दा राष्ट्र नराम्ररी बिरामी परेको देखिन्छ। तर कुशल डाक्टर र औषधीको अहिलेसम्म मैले कुनै अत्तोपत्तो देखेको छैन। आशा शिवाय हामी गर्न के नै सक्छौं र! आशा गरौ निस्वार्थी नेता जन्मियोस, राष्ट्र र जनताको चित्कार सुन्ने अवस्था सिर्जना होस। राष्ट्रले प्राण पाओस।

० माओबादीले तपाईलाई कसरी अपहरण गरयो, बताइदिन सक्नुहुन्छ?म ०६४ भाद्र २२ गते मेरो आमा सहितको परिवार भेटेर रुपन्देही रामापुर स्थित घरबाट काठमाण्डौ घर फर्किने क्रममा भैरहवा बिमानस्थल तर्फ जादै थिए। मेरो मित्र बुटवल मिलनचोक निबासी नबराज कुंवर वहाको आफ्नै निजी मोटरमा मलाई एयरपोर्ट पु्याउन जादै हुनुहुन्थ्यो। हामी दुईजना जादै गर्दा बिमानस्थल देखि १ कि.मी.वर शिशौ रुखहरु भएको एकान्त स्थलमा पुग्दा मोटर साईकल सवार माओबादी भातृ संगठन वाई.सी.एल.का आठ दश जनाले हाम्रो मोटर रोके। धम्कीपूर्ण शैलीमा तै होईनस् रामप्रसाद खनाल भन्दै गाडीबाट ओरालीयो। मलाई त्यहाबाट ओराले पछी हामी माओबादी हौं, तलाई जन कारबाही गर्ने हो भन्दै जवरजस्ती मेरो मोवाईल फोन समेत खोस्दै उनीहरुकै गाडीमा हालीयो। गाडीमा राखेर आखामा कालो पट्टी बाधेर अब तेरो खैरियत छैन भन्दै त्यहाबाट बेजोडले गाडी कुदाए उनीहरुले। चालक बाहेकका ४ जनाले मलाई गाडी भित्रै बिचमा च्यापेर अज्ञात स्थल तर्फ लगे भने म संगै गएका साथी कुंवरलाई वहाकै गाडीमा अज्ञात स्थलमा लागी ३ घण्टा मानसिक यातना दिएर रामप्रसाद खनाललाई अपहरण गरेको कुरा बाहिर सार्वजनिक गर्न नपाईने, गरे भौतिक कार्बाही हुने धम्की दिंदै छाडिएको रहेछ। वहा मुक्त भएपछि वहाँबाटै अपहरणको कुरा बाहिर आए पछि मिडियाहरुबाट अपहरणको समाचार प्रकाशमा आएको हो। समाचार प्रकाशमा आएपछि पनि पत्रकारहरुले माओबादी र वाई.सी.एल. रुपन्देहीका नेताहरुलाई अपहरण सम्बन्धि जानकारी माग्दा होईन भनि ढाटेको तर राती बाध्य भएर सूचनाका आधारमा भन्दै १२ बिभिन्न तथ्यहिन, भ्रामक आरोपहरु लगाउदै अपहरण गरेको र सुरक्षित रहेको प्रेस बिज्ञप्ती उनीहरुबाट आएको हो।

० यस पछि के के गरियो?
अपहरण पछि कालो पट्टी बाधेर गाडीमा हाली अज्ञात स्थल लगे पछि उनीहरुले चरण चरणमा बयान लिने नाममा चरम मानसिक र शारिरीक यातना समेत दिए। त राजाको मान्छे होस्, अमेरिका र दरवारले तलाई हाम्रो बिरुद्ध र राजाको संगठन गर्न पठाएका हुन भन्दै ज्ञानेन्द्र र पारसलाई कति चेलीबेटी सप्लाई गरिस्? माओबादीका नाममा भैरहवा मेडिकलबाट २३ लाख रुपैया उठाएर हिमालयन बैङ्कको तेरो खातामा किन राखिस्? यी र यस्ता अत्यन्त कपोलकल्पित आश्चर्य चकित हुने अनाबश्यक प्रश्न सोध्ने र भ्रामक कुरा गरेर मलाई मानसिक यातना दिए। पहिलो दिन, दोश्रो दिन यी र यस्ता अत्यन्त गैर जिम्मेवार प्रश्न सोध्ने, आरोप लगाउन,े मानसिक यातना दिने काम जारी राखे। दोश्रो दिन आफुलाई वाइ.सी.यलका केन्द्रीय सदस्यहरु हांै भन्ने २ जनाले साँझ ७ः३० बजे ती काल्पनिक र झुठ आरोपहरु स्वीकार गर्न, स्वीकार गरेर हस्ताक्षर गर्न दवाब दिंदै दुर्व्यवहार समेत गरे। �यी आरोपहरु ठिक हुन् म दोशी छु भन् होईन भने भोली बिहान उज्यालो भएको देख्न पाउदैनस्। तेरो लास पनि गायब पार्छौ� भन्न थाले ति अराजकहरुले। मैले यी काल्पनिक,झुठा हुन् , मैले गल्ती वा कुनै किसिमको अपराध गरेको छैन, यदी तिमीहरुले लगायका १२ आरोप मध्ये एउटा मात्रै पनि प्रमाणित भएमा म फ145ासी चढ्न तयार छु भन्दै प्रतिबाद गरिरहंे यसै गरी मानसिक र शारिरीक यातनाका श्रृङ्खलाहरु संगै तेश्रो दिन अपरान्ह ३ बजे म मुक्त भएँ।

० अपहरण पश्चात खाना, बस्न र उनीहरुको व्यवहार कस्तो थियो?अपहरित अबस्थामा मलाई सामान्य किसिमको खाना र बस्ने ब्यबस्था थियो। तर खाजा, रेडियो, टिभी,पत्रपत्रिकाबाट म टाढा बनाईए145। ३ दिन सम्म उनीहरुका मार्चपास, अभ्यासहरु संगै धाक धम्की सुन्न पनि म बाध्य पारिएं। ३ दिनको बिचमा २/३जना अत्यन्त राम्रो बोली ब्यबहार भएका माओबादी नेताहरु र ४/५जना कार्यकर्ताहरुले पनि मलाई भेटे भनंे अरु मलाई भेट्ने अधिकांश ब्यक्ति अत्यन्त क्रूर, जंगली स्वभावका थिए।

० तपाईलाई अपहरण पश्चात कहाँ राखिएको रहेछ, कस्तो थियो त्यहाँ?
म अपहरण मुक्त हुने बेला मात्र थाहा पाए मलाई राखिएको अज्ञात स्थल रुपन्देहीको जिल्लाको मधवलियाबाट २ कि.मी. भित्र रहेको लक्ष्मी बनस्पती घ््युू उद्योग लि. रहेछ। मलाई एउटा कोठामा झया्ल ढोका थुनेर राखिएको थियो। म संग एक माओबादीको नेता हु भन्ने ब्यक्तिले त्यहि बेलामा भने �तपाईंलाई त यो केहो र हामीले अरु ३०/४० जनालाई यहि राखेका छांै। यातना तपाईले भन्दा धेरै पाएका छन् भने भोक भोकै छन् उनीहरु� उनको त्यो धम्की थियो वा वास्तबिकता मलाई थाहा भएन तर चिच्याउने कराउने आबाजहरु सुनें। कलिला केटा केटी देखि ठुला सम्म कम्ब्याट र सिभिल ड्रेसमा त्यहा यता उता अभ्यास, मार्चपाश, खेलकुदमा ब्यस्त भएको मैले देख्न पाएँ।

० अरु के के भयो त?
अपहरणको तेश्रो दिन मलाई भने �हामीले लेख्छा,ैं रेकर्ड गर्छौं, तपाईँले बयान दिनोस्। हाम्रा आरोप स्वीकार गर्नुस नत्र तपाईलाई झन अप्ठ्यारो हुनेछ।� यो सुने पछि मैले भने, म पत्रकार मान्छे आफै लेख्छु, कापी कलम दिनोस् भने उनीहरुले कापी कलम दिए, मैले मौखिक मात्र होइन लिखित् रुपमा पनि माओबादीले लगाएका मिथ्या र झुठा ती १२ आरोपहरुको ठाडै खण्डन गरी लेखेरै उनीहरुलाई दिए। उनीहरुले त्यो देखेर यति रिसाएकी उनीहरुले मलाई मार्दा अप्ठ्यारो पर्ने भएकोले मात्र म जिबित रहे। �कमसेकम राजाबादी त हु भन् भन्दै थिए मैले लेखेरै दिए� २०४७ को संविधानले मानेको संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र मैले पनि मानेको हु। राजाको शासन काल भनिए बमोजिम सबैलाई समेटेर राम्रो सँग चल्न सकेन त्यसमा हामीलाई पनि दुख छ, भोलिको हकमा नेपाली जनताले गर्ने निर्णय हामीलाई पनि मान्य हुनेछ। म आरोप लगाईए जस्तो एक नम्बर पेशेवर दरबारीया राजाबादी ईत्यादी होईन म त एउटा जिम्मेवार पत्रकार र कलाकार हुँ�।
त्यस पछि उनीहरु नरम भएर भन्न थाले �सरी खनालजी बुझ्ने क्रममा तपाईलाई ल्याइएको हो। केही पाइएन छाड्दैछौं तर तपाईंले यहा भएका सबै कुरा बाहिर नलैजानुहोला, तपाईलाईनै खतरा हुन सक्छ। � उनीहरुले नरम बोलीमा मेरो ज्यान लिने धम्की दिंदै थिए र यदि सार्वजनिक गरे फेरि पनि तपार्इंलाई बोलाईने छ � जस्ता धम्की जारी राख्दै थिए।

० शान्ति प्रक्रियामा आएको, सरकारसंग बृहत शान्ति सम्झौता र २५ बुदे आचार संहिताको सम्झौता समेत गरेको, सदन र सरकारमा पनि सम्मिलित नेकपा माओबादी र उसको भातृ संगठन वाई.सी.एल.को यो अपहरण उनीहरुले गरेका अमानबिय कार्य धाक धम्की र यातना उपर के भन्नुहुन्छ?म निकै चिन्तित भएँ उनीहरुको भय र त्रास कायम छ। उनीहरुले मलाई उक्त घटना सार्वजनिक गरे भौतिक कार्बाही गर्ने धम्की दिंदा दिंदै पनि उनीहरुको ज्यादतीको बिरोध र सार्वजनिक गर्ने काम गरें। मानब अधिकार, प्रेस स्वतन्त्रता, न्यायको सिद्धान्त बिपरित म माथि ज्यादती गर्ने माओबादी र उसको भातृ संगठनका आगामी दिनमा हुन सक्ने संभाबित आक्रमण अपहरण वा कुनै अप्रिय कार्य प्रति सजक बनाईदिन र म जस्तै अर्को कुनै निर्दोषले यातना नपाउने कुरामा ग्यारेण्टी गर्न दबाब सिर्जनाका लागि सम्बद्ध सबै मानबअधिकारबादी संघ,संस्था ब्यक्ति सबैमा म हार्दिक अनुरोध गर्दछु भन्दै अपहरणबाट मुक्त भएपछि अनमीन, संयुक्त राष्ट्रसंघीय मानवाधिकार उच्चायुक्तको कार्यालय, राष्ट्रिय मानवाधिकार आयोग, इन्सेक, एम्नेष्टी लगायत क्रियाशिल मानवाधिकारसँग सम्बन्धित संघ संस्थालाई लिखित रुपमा अपहरण र ज्यादतीको विवरण पठाएको छु।

० अपहरण मुक्त पछि जनतासँग केही भन्नु छ?जिन्दगीमा केही गर्नु पर्छ भनेर सधै संघर्ष गरिरहेको म जस्तो एउटा गरि खाने उत्साहीलाई नेकपा माओवादी र उसको भातृ संगठन वाई.सि.एल. ले अपहरण गरेर ठूलो मानवीय अपराध गरेको छ। २/४ जना ठेउकेहरुको बतासे सूचनाका आधारमा भनी काल्पनिक झुठ्ठा आरोप लगाएर मेरो मानमर्दन गर्न खोज्नु मानवीय अपराध होइन र?
मैले आज सम्म आरोपमा भनिए जस्तो कुनै किसिमको अपराध गरेको पनि छैन र गर्ने पनि छैन। यदि गरेको प्रमाणित हुन्छ भने म फेरि पनि भन्छु खुल्ला मञ्चमा फाँसीमा झुण्डिन तयार छु। देशको कानून बमोजिम जस्तोसुकै सजायँ भोग्न सदा सदा तयार छु भनी प्रमाणित गर्न चुनौती दिन्छु।
मेरो अपहरण पश्चात शालिन र जिम्मेवार ढङ्गले प्रस्तुत भएका केही माओवादी नेता तथा कार्यकर्तालाई धन्यवाद पनि दिइसकेको छु। मसँग अपहरण पश्चात केही माओवादी जिम्मेवार नेता तथा कार्यकर्ताले भेटेरै होस वा फोनमा होस �गल्ती भयो हाम्रा साथीहरुबाट, कृपया अन्यथा नमानी दिनु होला, हामीलाई पनि तपाईको अपहरण प्रति खेद छ� भनेर माफी मागे। केही यस्ता जनावर भन्दा पनि तल्लो दर्जामा राख्न मिल्ने माओवादी नेता कार्यकर्ता भेटें उनीहरु कहिले मान्छु हुन सक्दैनन्, उनीहरुको कारण माओवादीलाई ठूलो घाटा पुग्छ हेर्दै जानुहोला भन्दिएको छु उनीहरुका जिम्मेवार नेताहरुलाई।

० अन्यायपूर्वक अपहरणमा परेपछि माओवादीको ज्यादती भोगेपछि तपाईले अरु कस्तो कस्तो महशुस गर्नुभयो?बिना कारण, बिना गल्ती अपहरण, यातना पाउँदा नेपाल साँच्चै शतीले श्राप गरेको देशनै रहेछ भन्ने लाग्यो। यो देश संसारको सबैभन्दा स्वर्ग भए पनि आज किन नर्क जस्तो भैरहेको छ? कहिले सुधि्रने होला? मानिसहरु विदेश पलायन हुने यी र यस्तै कारण रहेछन भन्ने कुरा पनि मनमा उब्जी रहन्छ। जे होस, मैले अपहरणको पींडा भोगिसकें, अब नपरोस मेरो आग्रह छ।

० अरु केही छुट भनाई छन कि?
म अपहरण हुँदा खुसीमनाउने एउटा झुण्ड मान्छे नामका कु मान्छे पनि देखियो भने दुख मनाउने, सहानुभूति व्यक्त गर्ने, अपहरणमुक्त गर्न दबाब दिने लाखौ लाख देखें, मेरा सबै शुभचिन्तक प्रति म आभारी छु। अन्त्यमा ती मेरा सबै शुभचिन्तकहरुलाई फेरि दोहोर्�याएर वचन दिन चाहन्छु कि �रामप्रसाद खनालले आजसम्म कुनै किसिमको अपराध गरेको पनि छैन र गर्ने पनि छैन, मेरा कारणले मेरा कुनै शभचिन्तकले कुनै पनि दिन लौ यो गल्ती गरेछ भनेर सुन्नु पर्ने, नाक खुम्च्याउनु पर्ने दिन आउने पनि छैन, ढुक्क रहनु भएहुन्छ, जंगली राज, जर्बजस्ती सधै चल्ने पनि होइन, नखाएको विष लाग्दैन, सत्य ढिलै होला सत्य नै ठहर्छ र असत्य असत्यनै ठहर्छ�। जनताले न्याय गरुन। मेरा श्रोता, दर्शकले म माथि सधै न्याय गरेका छन्। नबुझेका बाँदरे प्रवृत्तिका खुट्टा तान्ने ईर्श्यालुहरुले मेरा पाइलाहरु रोक्न सक्ने छैनन्, राजनीतिबाट पूर्ण रुपमा अलग भैसकेको म सधै स्वतन्त्र निष्पक्ष भएर कलाकारिता, पत्रकारिता र आफ्नो कर्म प्रति सजक हुँदै अगाडी बढ्नेछु। मलाई कुनै ....वादी होइृन नेपालवादी भनेर सबैले बुझ्न यही आग्रह गर्न चाहन्छु। मलाई कतै पनि नमुछिदिनोस, विशुद्ध पत्रकार, कलाकार र गायकको रुपमा भूमिका निर्वाह गर्न दिनोस, माया गरिदिनोस भनेर मेरा सबै शुभचिन्तकसँग आग्रह गर्दै मेरा विचारहरु तपाईको यो प्रकाशनमा समेटिदिनु भएकोमा तपाई प्रति आभारी छु।  -"अनौठो यात्रा" र http://www.dcnepal.com/ लाई दिएको अन्तर्वार्ता