20190922

दुई महिने नेपाल बसाईमा रामप्रसाद खनालले के के गरे ? के के भने ?

 Image may contain: Ram Prasad Khanal and Maya Gyawali, people smiling, people standing





   
     
    

साभार: enepalese.com
 
Image may contain: Ram Prasad Khanal





Image may contain: 4 people, people smiling

अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रीय अध्यक्ष, वरिष्ठ लोकगायक एवं संचारकर्मी रामप्रसाद खनाललाई "स्टार अफ दि इयर" को अवार्ड प्रदान




- राज लुइँटेल
काठमाडौं । लाजिम्पाट स्थित होटल लि हिमालयमा आयोजित एक बिशेष कार्यक्रममा विदेशमा रहेर पनि गीत संगीत क्षेत्रमा निरन्तर सक्रिय रहेर उत्कृष्ट योगदान दिए बापत अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रीय अध्यक्ष, वरिष्ठ लोकगायक एवं संचारकर्मी रामप्रसाद खनाललाई स्टार अफ किङ्ग कतारले स्टार अफ दि इयरको अवार्ड प्रदान गरिएकोछ ।

 साढे तीन दशक यता गीत संगीत, कलाकारिता, पत्रकारिता र साहित्यका क्षेत्रमा स्वदेश तथा बिदेशमा जहाँ रहँदा पनि वहाँले दिनुभएको योगदान को उच्च कदर गर्दै वहाँलाई स्टार अफ द इयर पुरस्कार प्रदान गरिएको कुरा कार्यक्रम मा घोषणा गरियो ।

पूर्व प्रधानमन्त्री झलनाथ खनाल, अग्रज हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र बसुन्धारा भुसाल, चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराई लगायतका बिशिस्ट अतिथिहरुले खनाललाई उक्त पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै प्रमुख अतिथि पूर्व प्रधानमन्त्री खनालले आफुले रामप्रसाद खनाल सहितका बिशिस्ट कलाकारहरुलाई सम्मान र पुरस्क्रित गर्न पाउँदा आफु हर्सित भएको बताउनु भयो । वहाँले कला र सँस्क्रिती देशका गहना भएको बताउनुभयो ।


स्टार ईन्टरनेशनल अवार्डको उत्कृष्ट टप ३ मनोनयन प्रमाण पत्र वितरण तथा सम्मान कार्यक्रम पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्रष्टाहरु मध्येबाट ६७ विधामा उत्कृष्ट टप ३ को मनोनयन पत्र एवं सम्मान प्रदान गरिएको थियो । नेपालका विशिष्ट अतिथीहरु चलचित्र बिकास वोर्डका अध्यक्ष केशव भट्राई, बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ,बरिष्ठ अभिनेत्री बसुन्धारा भुषाल, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेल, बरिष्ठ नायक सरोज खनाल, बरिष्ठ गायक आनन्द कार्की, बरिष्ठ कलाकार किरण केसी, बरिष्ठ गायिका ज्ञानु राणा,बरिष्ठ गीतकार डा.कृष्ण हरि बराल, वरिष्ठ गायक सिताराम पोख्रेल सर्लाही जिल्ला नेकपा अध्यक्ष रेवती पन्त लगायतको हातबाट उक्त मनोनयन पत्र तथा मेडल प्रदान गरिएको थियो ।


सोही कार्यक्रममा स्टार ईन्टरनेशनल अवार्ड आयोजनाका लागी उल्लेख्य भूमिका खेल्ने  अच्यूत सुवेदी , अमेरिकामा रहेर कला क्षेत्रमा सक्रिय नायक एवं मोडल रिसब पोखरेल आयोजक स्टार अफ किङ्गका प्रमुख मुनीर अव्दुल रहमान कान्डोथ तथा वरिष्ठ कानूनी सल्लाहाकार एवं स्टार ईन्टरनेशनल अवार्डका संयोजक नासिर अव्दुल रहमान लाई अवार्डका नेपाल संयोजक पेजेन्ट नेपाल तथा अरोमा ईन्टरटेनमेन्टबाट सम्मान गरिएको थियो ।

आगामी अगष्ट १२ का दिन ईदका अवसरमा कतारको दोहा स्थित भव्य हल रिजेन्सी हलमा आयोजना हुने उक्त अवार्डका लागी उत्कृष्ट टप ३ सम्मान ग्रहण गर्न मनोनयनमा पर्ने चर्चित कलाकारहरुको बाक्लो उपस्थितीले हल खचाखच भरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी झलनाथ खनालले यसरी विदेशी आयोजकले नेपाली कलाकारहरु प्रति देखाएको यस किसिमको अन्तराष्ट्रिय सम्मान प्रति आयोजक एवं कार्यक्रम संयोजन गर्ने आयोजक टिम प्रति धन्यवाद व्यक्त गर्नु भएको थियो भने यसलाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो ।

कतार, कुवेत, यु.ए.ई लगायत गल्फका देशहरुमा आफ्ना व्यापार व्यवसाय विस्तार गरि सयौ नेपालीलाई रोजगारीको अवसर प्रदान गर्दै आएको र नेपाली कलाकारितालाई माया गर्ने संस्था स्टार अफ किङ्गसले नेपाली मनोरन्जन ईतिहासमा पहिलो पटक अवार्डका लागी टप ३ बाट छनौट भएका विजेता कलाकारलाई अन्तराष्ट्रिय अवार्ड वितरण गर्नुका साथै वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ गायक सिताराम पोख्रेल,वरिष्ठ कलाकारहरु निरु खड्का, जानुका प्याकुली, नायक श्रीदेव भट्राई, समाजसेवी तिल बहादुर कार्की, गोकर्ण लामीछाने ,महिला व्यबसायी सुशिला थापा, संचारकर्मी गीता अधिकारी, लगायत कतारमा रहेका केहि विशिष्ट स्रष्टालाई सम्मान गर्न लागेको हो ।

लामो समयदेखि नेपालको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कार्यक्रमहरु आयोजना गर्दै लोकप्रिय संचारमाध्यम समेत संचालन गर्दै आईरहेको पेजेन्ट नेपाल तथा अरोमा इन्टरटेनमेन्टले संयोजन गरेको उक्त कार्यक्रममा करीब १५०० जना नेपाली, भारतीय तथा कतारी दर्शकको उपस्थितीमा नेपालका चर्चित कलाकारहरुको मनोरन्जनात्मक कार्यक्रम समेत रहने छ ।







कतारको प्रतिष्ठित अन्तराष्ट्रिय बहुर्राष्ट्रिय संस्था स्टार अफले आयोजना गर्न लागेको स्टार ईन्टरनेशनल अवार्डको टप ३ मनोयन सार्वजनिक भएको छ । नेपाली कला संस्कृतिको जगेर्ना तथा सांगितिक स्रष्टाहरुलाई सम्मान गर्ने उद्देश्यले पहिलो पटक नेपाली कला र कलाकारहरुलाई अन्तराष्ट्रिय प्रर्वद्धन र विस्तार गर्ने हेतु अगष्ट १२, २०१९ मा रिजेन्सी हल्स दोहा कतारमा ‘स्टार इन्टरनेशनल अवार्ड–२०१९’ को लागि उत्कृष्ट टप ३ सार्वजनिक गरिएको हो ।
असार ३१ गते सम्म फाराम भरी आवेदन दिएका विभिन्न विधाका स्रष्टा, सर्जकहरु मध्ये उत्कृष्ट टप ३ मा पर्न सफल श्रष्टाहरुको सम्मान आउदो श्रावण ४ गते होटल लि हिमालय(ग्याङ्गजोङ्ग),लाजिम्पाटमा स्टार ईन्टरनेशनल अवार्डका आयोजक टिम तथा नेपालका विशिष्ट व्यक्तित्वबाट प्रमाण पत्र तथा मेडल वितरण गरिने जानकारी आयोजकले दिएको छ ।
प्रमुख अतिथी पूर्व प्रधानमन्त्री झलनाथ खनाल, विशेष अतिथीहरु वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, चलचित्र विकास वोर्डक अध्यक्ष केशव भट्राई, वरिष्ठ गायिका एवं नेकपाकी सांसद कोमल वली, वरिष्ठ कलाकार बसुन्धारा भुषाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, वरिष्ठ गायक रामप्रसाद खनाल, वरिष्ठ नायक सरोज खनाल, वरिष्ठ गायिका ज्ञानु राणा, वरिष्ठ रचनाकार डा.कृष्णहरि बराल, संगीतकार आलोकश्री, गीतकार शान्ती प्रिय वरिष्ठ कलाकारहरु किरण केसी, शिवहरि पौडेल,नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेल लगायत कतार आयोजकको तर्फबाट मुनीर अव्दुल रहमान कान्ठोठ तथा अवार्डका वरिष्ठ कानूनी सल्लाहकार नासिर अव्दुल रहमान लगायतको उपस्थितीमा नेपाल भरबाट छानीएका विभिन्न विधामा टप ३ मा पर्न सफल व्यक्तित्वहरुको सम्मान कार्यक्रम राखीएको छ ।
कतार, कुवेत, यु.ए.ई लगायत गल्फका देशहरुमा आफ्ना व्यापार व्यवसाय विस्तार गरि सयौ नेपालीलाई रोजगारीको अवसर प्रदान गर्दै आएको र नेपाली कलाकारितालाई माया गर्ने संस्था स्टार अफ किङ्गसले नेपाली मनोरन्जन ईतिहासमा पहिलो पटक अवार्डका लागी टप ३ बाट छनौट भएका विजेता कलाकारलाई अन्तराष्ट्रिय अवार्ड वितरण गर्नुका साथै वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ गायक सिताराम पोख्रेल,वरिष्ठ कलाकारहरु निरु खड्का, जानुका प्याकुली, समाजसेवी तथा नायिका शान्ता तामाङ्ग, नायक श्रीदेव भट्राई, समाजसेवी तिल बहादुर कार्की, गोकर्ण लामीछाने ,महिला व्यबसायी सुशिला थापा, संचारकर्मी गीता अधिकारी, लगायत कतारमा रहेका केहि विशिष्ट स्रष्टालाई सम्मान गर्न लागेको हो ।
लामो समयदेखि नेपालको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कार्यक्रमहरु आयोजना गर्दै लोकप्रिय संचारमाध्यम समेत संचालन गर्दै आईरहेको पेजेन्ट नेपाल तथा अरोमा इन्टरटेनमेन्टले संयोजन गरेको उक्त कार्यक्रममा करीब १५०० जना नेपाली, भारतीय तथा कतारी दर्शकको उपस्थितीमा नेपालका चर्चित कलाकारहरुको मनोरन्जनात्मक कार्यक्रम समेत रहने छ ।

https://www.enepalese.com/2019/06/232...
https://nepalijanta.com/2019/06/13242... https://www.brtnepal.com/2019/06/14/8... http://www.dcnepal.com/dulha-dulahi-rpk https://voiceofwashington.blogspot.co...... https://www.nepalimato.com/?p=4981 http://www.nepalmother.com/2019/06/bl... https://www.enepalese.com/2019/06/232... https://nepalijanta.com/2019/06/132426… https://www.canadanepal.com/news/11104… https://www.uskhabar.com/archives/19616… https://www.youtube.com/watch?v=n6jYD... http://www.worldwidetvnepal.com/2019/... http://www.nepalmother.com/2019/06/bl... https://www.facebook.com/photo.php?fb... http://www.loksangitparakhi.com/17831/… https://www.dainiknepal.com/2019/06/3... https://janatatimes.com/archives/9117… http://www.tajakhawar.com/archives/9240… https://www.voiceofnepal.tv/2019/06/4... http://www.nepalesediaspora.com/archi... https://www.facebook.com/photo.php?fb... https://namasteonlinetv.com/news/2065... https://www.dainiknepal.com/2019/06/3... https://www.news24nepal.tv/2019/06/16... http://www.nepalmother.com/2019/06/bl... https://voiceofwashington.blogspot.co... http://thahakhabar.com/news/72011… https://osnepal.tv/763034… https://samachardainik.com/news-detai... https://www.janasawal.com/2019/06/5415/… https://celebritynepal.com/videos/kha... http://www.onlinetvnepal.com/2019/06/... https://www.himalayakhabar.com/detail... http://www.nepalayanews.com/archives/... https://www.scotnepal.com/posts/36627… https://www.brtnepal.com/2019/06/14/8... http://sansarnews.com/archives/156460… https://www.nepalbahas.com/2019/06/15... https://www.kharibot.com/news-details... http://www.dcnepal.com/dulha-dulahi-rpk… https://www.nepalimato.com/… https://www.canadanepal.com/news/10789…

अन्तर्राष्ट्रिय कलाकार मञ्चको नेपाल शाखामा शैलेन्द्र सिँखडा सहितको नयाँ कार्यसमिति, केन्द्रीय अध्यक्ष खनालका तीन कृति बिमोचन



कलाकारहरुका लागि आपत बिपदमा सहयोग गर्न एक करोडको कलाकार अक्षय कोस बनाउने योजना

कलाकारहरूको अन्तर्राष्ट्रिय स्वतन्त्र छाता सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका ( International Artists Forum - IAF- www.IAFAmerica.com ) को केन्द्रीय समिति अमेरिका अन्तर्गतको नेपाल शाखाको कलाकार भेला तथा नेपाल शाखामा नयाँ नेत्रित्व चयन कार्यक्रम मँचका प्रमुख सल्लाहकार एबम अग्रज कलाकार नीर शाहको प्रमुख आतिथ्यमा काठमाडौंमा सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका केन्द्रीय अध्यक्ष रामप्रसाद खनालको नयाँ कविता कृति "मुर्दाहरुको बस्ती", गीति सिडी " रामप्रसाद खनालका गीतहरु" र डिभिडी "रामप्रसाद खनालका सदाबहार गीतहरु" को सामुहिक रुपमा बिमोचन समेत गरिएको उक्त कार्यक्रममा यस अघि शिवहरी पौड्यालले नेत्रित्व गर्नुभएको मँचको नेपाल शाखा कार्य समितिलाई बिदाई गरी नेपालका प्रसिद्ध कलाकार एबम कवि शैलेन्द्र सिम्खडाको अध्यक्षता मा नयाँ नेपाल शाखा निर्माण गरिएको छ । 

नेपालका अग्रज कलाकारहरु क्रमश: सम्भुजित बास्कोटा, सन्तोष पन्त, हरि बहादुर थापा, सरोज खनाल, किरण केसी, दिनेश डिसी, चलचित्र बिकास बोर्डका अध्यक्ष समेत रहेका अग्रज कलाकार केशब भट्टराई लगायतका कलाकारहरु, प्राज्ञहरु, बुद्धिजिबीहरु, साहित्यकारहरुको गुणस्तरीय उपस्थिती रहेको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कला क्षेत्रका भिस्म पितामह, ज्युँदा इतिहास नीर शाहले आफु अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका स्थापना काल देखी नै यसमा आबध्द रहेको र यसले कला, सँस्कृती, साहित्य लगायतका क्षेत्रमा खेलेको भूमिका, अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष राम प्रसाद खनालले खेल्नुभएको भूमिका अतुलनिय रहेकाले आफु अहिले पनि यो संस्थासँग जोडीइरहेको बताउनुभयो । 

नेपाल संगीत नाट्य प्रतिस्ठानका पूर्व उपकुलपती एबम संगीत बादशाह सम्भुजीत बास्कोटा, प्राज्ञ एबम गीतकार उन्नती बोहरा शिला, चलचित्र बिकास बोर्डका अध्यक्ष एबम अग्रज कलाकार केशब भट्टराई, प्राज्ञ एबम नाट्य बादशाह हरि बहादुर थापा लगायतका बक्ताले अन्तर्राष्ट्रिय कलाकार मञ्चको साकारआत्मक पक्ष र यसले गरेका योगदान को बिषयमा तारिफ गर्नुभयो । 

सबै बक्ताहरुले अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष एबम सर्जक रामप्रसाद खनालका बिमोचित कृति र वहाँले नेपाली भाषा, साहित्य, कला, सँस्कृती र गीत सँगीतको क्षेत्रमा पुर्याएको योगदानको खुलेर प्रशँसा गर्नुभयो ।   


अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका केन्द्रीय अध्यक्ष रामप्रसाद खनालले अन्तर्राष्ट्रिय कलाकार मञ्च एउटा स्वतन्त्र र कलाकारहरुको अन्तर्राष्ट्रिय  संगठन भएको बताउँदै यसले कलाकार र नेपाली भाषा, साहित्य, कला, सँस्कृती र गीत सँगीत आदिलाई जोड्ने काम गरिरहेको बताउनुभयो । 

नेपाल शाखा स्थापना भएदेखी हाल सम्म अग्रज हाँस्य कलाकार शिवहरी पौड्याल र किरण केसी लगायतको टिमले गर्नुभएको योगदान प्रति हार्दिक धन्यवाद दिँदै नब निर्वाचित नेपाल शाखा अध्यक्ष लोकप्रिय कवि एबम कलाकार शैलेन्द्र सिम्खडा र वहाँको टिमलाई बधाई ज्ञापन गर्नुभयो । सिम्खडाजीको नेत्रित्वमा नब गठित कार्यसमिती आगामी दिनमा अझ बढी कृयाशिल भएर काम गर्ने आफुले आशा राखेको बताउँदै केन्द्रीय समिति नेपाल शाखालाई सदैब रचनात्मक काममा साथ दिन तयार रहेको बताउनुभयो । 

मँचका बर्तमान केन्द्रीय उपाध्यक्ष एबम नेपाल शाखाका निबर्तमान अध्यक्ष शिवहरी पौड्यालले आफ्नो कार्यकालमा भए गरेका काम हरुको प्रगती विवरण सुनाउनुभयो । 
     
अग्रज हाँस्य कलाकार, केन्द्रीय सल्लाहकार किरण केसीको स्वागत भासण, गायिका, प्रखर उद्घोसिका एबम केन्द्रीय सदस्य मन्जु पौडेलको उदघोसणमा सम्पन्न उक्त कार्यक्रम प्रज्ञा भवन कमलादी काठमाडौं मा सम्पन्न भएको थियो ।                                  
  सो अबसरमा प्रमुख अतिथि शाह र केन्द्रीय अध्यक्ष खनालले केही समय अघि पुनर्गठन पश्चात केन्द्रमा नियुक्त र हाल काठमाडौंमा रहनुभएका सल्लाहकार, कार्य समितिका सदस्य कलाकारहरुको निर्बाचित भएको प्रमाणपत्र बितरण गर्नुभएको थियो । 

नेपाल शाखाको नब निर्वाचित कार्य समिति यस प्रकार छ : 
अध्यक्ष - शैलेन्द्र सिम्खडा 
निबर्तमान अध्यक्ष - शिवहरी पौड्याल 
उपाध्यक्षहरु - प्रभाकर शर्मा, भुवन श्रेष्ठ, सुरेन्द्र केसी, जुन रिजाल, नबिन पौडेल 
महासचिब - एक नारायण भण्डारी 
सचिब - कमल मैनाली 
कोसाध्यक्ष - राज लुइँटेल 
सह कोसाध्यक्ष - कमला रेग्मी हुनुहुन्छ भने सदस्यमा क्रमश: शिव शंकर रिजाल, निरज नेपाल, निरु खड्का, शितल शर्मा, याम छेत्री, सबिता गुरुङ, शिवहरी आचार्य, बिष्णु सापकोटा हर्के हवल्दार, राजु पौडेल राजु मास्टर, मरिचमान श्रेष्ठ बल्छी धुर्बे, शिवहरी बैरागी, बिष्णु रिजाल, सुदेशराज शर्मा, राज कुमार केसी, देबी हमाल, राम प्रसाद पाठक, बिष्णु पाण्डे ( माइला बा ), आँचल शर्मा, बुद्धी तामाङ, हिमा दाहाल, शर्मिला शर्मा, बिमला गिरी, स्वस्तिका लामिछाने, मनिषा श्रेष्ठ, लेखान्त भुसाल, सरस्वती फुयाल, अमृता लुंघेली मगर, दमन रुपाखेती, अन्जु महर्जन, रमेश अधिकारी, बिनोद केसी, मुकुन्द आचार्य, राजन चौलागाइ, कँचन सापकोटा, श्रीधर आचार्य, अशिम पौडेल, रविन भट्ट, सुदिप कुँवर, सुदन केसी, गणेश सापकोटा, करिश्मा ढकाल, अनुसा पौडेल, सोभा त्रिपाठी रहनुभएको छ । 

यसै गरी अन्तर्राष्ट्रिय कलाकार मञ्च, नेपाल शाखाको सल्लाहकारमा क्रमश : निर्मल शर्मा, बम बहादुर कार्की, केदार घिमिरे, सन्दिप छेत्री, जितु नेपाल, सिताराम कट्टेल धुर्मुस, पल्पसा डङ्गोल, पबित्रा घर्ति मगर, नारायण आचार्य, मन्जु पौडेल, बिमल राज छेत्री, ईन्द्र जिसी, सिताराम पोखरेल, राज सिग्देल, चन्डी प्रसाद काफ्ले, राम चन्द्र काफ्ले रहनुभएको छ । 

शाखाको पूर्ण बैठक नबसेका बेला, साधारण सभा नबसेका बेला पूर्ण अधिकार सहितको सचिबालय बनेको छ जसमा अध्यक्ष सहितका ११ जना  पदाधिकारी रहने ब्यबस्था गरिएको छ । नेपाल शाखाको नब निर्वाचित कार्य समितिको दुई बर्षको कार्यकाल हुने छ । 

कलाकारहरुका लागि आपत बिपदमा सहयोग गर्न एक करोडको कलाकार अक्षय कोस बनाउने योजनाका बिषयमा समेत केन्द्रीय अध्यक्ष खनाल र नेपाल शाखा अध्यक्ष सिँखडाका बिचमा छलफल भएको छ । छिट्टै केन्द्रीय समितिको साथ र सहयोगमा नेपाल शाखाको पहलमा उक्त अक्षय कोस खडा गरी त्यसलाई कार्यान्वयन गर्न पहल गरिनेभएको छ ।    
                      कार्यक्रमका केही तस्वीरहरु:                   
      









Image may contain: 7 people, people smiling, people standing and indoor
Image may contain: 3 people, including Shanti Priya, people smiling, people standing

एक हप्ताको नेपाल बसाईमा सुस्मा खनालले के के भनिन हेर्नुस केही अन्तर्वार्ताहरु


   
- Source: Nepalmother.com 

र यो पनि ..........

कलाकारहरूको अन्तर्राष्ट्रिय स्वतन्त्र सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समिति अमेरिका पुनर्गठन

* समेटिए सिनियर देखी जुनियर कलाकार सम्म, अमेरिका स्तरीय कलाकार सम्मेलन एक बर्ष भित्र, विश्व सम्मेलन दुई बर्ष भित्र गरिने