20190922

दुईसय भन्दा बढी कलाकारले काठमाण्डौंमा दही चिउरा खांदै यसरी गरे सम्मान !


काठमाण्डौंअन्तराष्ट्रिय कलाकार मञ्च, नेपाल शाखाका उपाध्यक्ष एवं वरिष्ठ हांस्य कलाकार किरण केसीले आफ्नो जन्म दिनको शुभ अवसर पारेर राजधानीमा एउटा भव्य कलाकार जमघट र सम्मान समारोह आयोजना गर्नुभयो । 
चर्चित हांस्य कलाकार मनोज गजुरेलको अत्यन्त मिठो उदघोसणमा  शुरु भएको उक्त विशेस कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो हांस्य विधाका जिवित ईतिहास प्राध्यापक राम कुमार पांडे ।
कार्यक्रममा अन्तराष्ट्रिय कलाकार मञ्चका केन्द्रिय अध्यक्ष, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका वाशिङ्गटन डिसी अध्यक्ष , वरिष्ठ लोक तथा दोहोरी गायक एवं पत्रकार रामप्रसाद खनाललाई वहांले तीन दशक देखि लोक संस्कृति, साहित्य र पत्रकारितामा दिनु भएको योगदानको उच्च कदर गर्दै सम्मान गरियो ।
श्री खनाललाई वरिष्ठ कालाकारहरु दिपा श्री निरौला , किरण केसी र नेपाली सेनाका रथी  डानरेन्द्र केसीले सयुंक्त रुपमा सम्मान गर्नुभयो ।
यसै गरि पत्रकार विजयरत्न तुलाधर, वरिष्ठ कलाकार लय संग्रौला, रमेश केसी (मट्टारे) र राज केसीलाई पनि वहांहरुले आ-आफ्नो क्षेत्रमा पुर्याउनु भएको योगदानका लागि सम्मान गरियो ।
सम्मानित व्यक्तिहरुको वारेमा प्रकाश पार्दै, स्वागत भाषण गर्दै आयोजक केसीले कार्यक्रम भव्य रुपमा सफल पार्न सहयोग गर्ने सवै कलाकार,पत्रकार र सम्मानित व्यक्तित्वहरुलाई धन्यवाद/आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा करिब दुइसय भन्दा बढी बिभिन्न बिधाका कलाकारहरुचलचित्रकर्मीहरु, पत्रकारहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा असार १५ को दही चिउरा खांदै र जन्मदिनका अवसरमा किरण केसी लाई बधाई दिंदै सहभोज गर्दाको क्षण अविस्मरणीय थियो । तल तस्विरहरु आफै समाचार बोल्छन् :